back

दोहोरो अंकले बढ्यो सेयर बजार

वि.सं.२०७६ वैशाख ३१ मंगलवार

33 

shares

३१ बैशाख, काठमाण्डौं । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार सूचक १४.१२ बिन्दुले बढेर एक हजार ३१५.४५ अङ्कमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेन्टिभ परिसूचक १.५ बिन्दुले बढेर २७९.७४ अङ्कमा पुगेको छ । स्टकका अनुसार आज कूल १७० कम्पनीको ३१ लाख ६६ हजार ४६७ कित्ता शेयर रु एक अर्ब तीन करोड ७२ लाख ५८ हजार ७२९ मूल्यमा कारोवार भयो । कारोवार भएका १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूह ०.१७ बिन्दुले घटेको छ । बैंकिङ १४.१४, होटल १७.५७, विकास बैंक ११.६०, जलविद्युत् २.५९, वित्त २.६९, निर्जीवन बीमा १४५.८४, उत्पादन ८४.७१, अन्य ०.०८, लघुवित्त ९.५०, जीवन बीमा ४३.०८ र सामूहिक कोष ०.०९ बिन्दुले बढेको छ ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेडको प्रतिकित्ता रु ३१३ का दरले रु १० करोड ७९ लाख ८५ हजार ६४४, शिवम् सिमेन्ट प्रतिकित्ता रु ५४६ का दरले रु आठ करोड ४१ लाख ३६ हजार ७००, कृषि विकास बैंकको प्रतिकित्ता रु ४१६ का दरले रु सात करोड ८६ लाख ९८ हजार ६०६, एनसिसी बैंकको रु पाँच करोड ५२ लाख २५ हजार ५५६, प्राइम बैंकको रु चार करोड ८२ लाख १८ हजार २७४ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडको रु तीन करोड १६ लाख ११ हजार ९१० मा कारोवार भई शीर्ष स्थानमा रहे । राष्ट्रिय बीमा कम्पनी लिमिटेडका शेयरधनीले १० प्रतिशतले कमाएका छन् ।

यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक शेयरधनीले ९.९९, शिवम् सिमेन्ट ९.८६, भार्गव विकास बैंक ८.१५, कृषि विकास बैंक ७.७७, कर्पोरेट डेभलपमेन्ट बैंक ७।१४, ओरियन्टल होटल ६.४२ र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका शेयरधनीले ६.०३ प्रतिशतले कमाए । सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७।५५, जोशी हाइड्रोपावर कम्पनी ५, सपोर्ट माइक्रोफाइनान्स ३.७१, ग्लोबल आइएमई समुन्नत स्किम ३.७० तथा समुन्नत माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकका शेयरधनीले ३.६५ प्रतिशतले गुमाए ।

वि.सं.२०७६ वैशाख ३१ मंगलवार १९:०९ मा प्रकाशित

ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि प्रतिस्पर्धा गराउने प्राधिकरणको निर्णय

ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि प्रतिस्पर्धा गराउने प्राधिकरणको निर्णय

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भूमिस्थ प्रबन्ध...

ठगी गरेको आरोपमा पर्वतमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ

ठगी गरेको आरोपमा पर्वतमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ

पर्वत । सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी...

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक, कुन देशबाट बढी पर्यटक आए ?

एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक, कुन देशबाट बढी पर्यटक आए ?

काठमाडौँ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी...

किसानको गुनासो-कफीले प्रतिफल दिएन

किसानको गुनासो-कफीले प्रतिफल दिएन

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता...

एघार महिनामा नौ लाखभन्दा बढी पर्यटक भित्रिए

एघार महिनामा नौ लाखभन्दा बढी पर्यटक भित्रिए

काठमाडौँ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी...