back

कृषकको अनुदान काटेर मन्त्रालयलाई गाडी !

वि.सं.२०७६ जेठ १ बुधवार

27 

shares

१ जेठ, सुर्खेत । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषिकको अनुदान काटेर गाडी खरिद गर्न थालेको छ । चालू आर्थिक वर्षमै चारवटा गाडी खरिद गरिसकेको मन्त्रालयले थप सात गाडी खरिदको प्रक्रिया सुरु गरेको हो ।

यसका लागि विभिन्न ५ कार्यक्रमबाट तीन करोड ४० लाख रकमान्तर गरिएको छ ।

स्रोतका अनुसार गाडी खरिदका लागि मन्त्रालयको भवन निर्माणका लागि छुट्याइएको बजेटबाट ७० लाख, चमेनागृह निर्माणका लागि छुट्याइएको बजेटबाट ५ लाख,विभिन्न जिल्लामा सहकारीमार्फत् उत्पादित वस्तु संकलनका लागि भवन निर्माण अन्तर्गत छुट्याइएको बजेटबाट ६५ लाख, अर्गानिक कृषि तथा पशुपंक्षी अनुसन्धान केन्द्र स्थापनाका लागि छुट्याइएको बजेटबाट एक करोड रकमान्तर गरिएको छ ।

यसैगरी स्थानीय अन्नवाली, तरकारी, बीउ फलफूल लगायतका कृषि पैदावारका खरिद, संकलन तथा बजारीकरण शीर्षकको बजेटबाट ५० लाख र भू–उपयोग सम्बन्धी बृहत्तर गुरुयोजना निर्माण शीर्षकको बजेटबाट ५० लाख रुपैयाँ रकमान्तर गरेर मन्त्रालयले गाडी खरिद प्रक्रिया सुरु गरेको हो । बुधबारको नागरिक दैनिकमा नगेन्द्र उपाध्यायले लेखेका छन् ।

वि.सं.२०७६ जेठ १ बुधवार ०८:२७ मा प्रकाशित

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका...

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको...

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक...

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

काठमाडौं । योजना आयोगका सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरिएको छ ।...

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

काठमाडौं । दुरसंचार प्राधिकरणले दूरसंचार सेवा प्रदायक ३० कम्पनीलाई सातदिन...

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

  काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ...