back

अमेरिकाका ४४ राज्यका नेपालीको कथा लिएर आए पत्रकार मरहट्ठा

वि.सं.२०७६ जेठ १ बुधवार

36 

shares

१ जेठ, काठमाण्डौं । पत्रकार किरण मरहठ्ठाको ‘नेपाली हु इज हु इन द युएसए’ सार्वजनिक भएको छ ।

अमेरिकामा रहेका पत्रकार मरहठ्ठाको उक्त पुस्तक क्यालिफोर्नियाका स्टेट युनिभर्सिटी लंगमा आइतबार बिमोचन गरिएको हो ।

विश्वविद्यालयका प्रोफेसनल तथा इन्टरनेशलनका उपाध्यक्ष तथा डिन जित जोशीले होस्ट गरेको उक्त, कार्यक्रममा सहायक उपकुलपति गेरी ह्यानले, अवैतानिक राजदूत ऋषि ढकाल, एनआरएनए अमेरिकाका अध्यक्ष केशव पौडेल र डिन जोशीले संयुक्त रुपमा पुस्तकको विमोचन गरिएको हो ।

सोहि अवसरमा डिन जोशीले ‘नेपाली हु इज हुँ’ आजको अमेरिकन नेपाली समुदायको चित्र भएको टिप्पणी गर्दै उक्त पुस्तक बिद्यार्थी र अनुसन्धातालाइ उपयोगी हुने भएकोले आफ्नो विश्वविद्यालयले पुस्तकलाई ग्रहण गरेको बताएका थिए । जोशीले भने, ‘हामी बढी भन्दा बढी विश्वविद्यालयहरुमा यो पुस्तक पुर्याउने छौँ ताकी नेपाली डायस्पोराको बारेमा धेरैले जान्न सकुन् ।’

एनआरएनए एनसिसि अमेरिकाका अध्यक्ष केशव पौडेलले पुस्तक पहिलो पुस्ताका नेपालीले अमेरिकी भूमिमा गरेको संघर्ष र सफलताको दस्तावेज भएको बताए ।
त्यस्तै अवैतनिक महाबाणिज्यदूत ऋषि ढकालले ‘नेपाली हु इज हु’लाइ अमेरिकी विश्वविद्यालयले इन्डोर्स गर्नु सह्रानीय कार्य भएको भन्दै पुस्तक तयार पार्ने क्रममा मरहट्ठाले गरेको मेहनत र लगावको प्रसंशा समेत गरेका थिए ।

पुस्तकमा अमेरिकाका ४४ वटा राज्यका नेपालीको प्रतिनिधिमुलक कथाहरु समेटिएका छन् ।

लेखकले ५० वटै राज्य समेट्ने आफ्नो चाहना विभिन्न कारणले पूरा हुन नसकेको जानकारी दिए । उनले भने, ‘नेपालीको प्रगतिको कथालाइ अमेरिकी मुलधारमा चिनाउन हु इज हु लेखेको हुँ, धेरै पात्रहरु छुटेका छन् आगामी संस्करणमा उनीहरुलाइ समेट्ने कोशिस गर्नेछु ।’

पुस्तकको प्रवर्धनात्मक भिडियो समेत देखाइएको कार्यक्रममा हु इज हु पब्लिकेशनका निर्देशक तिलक केसीले पुस्तकमा प्राज्ञ, व्यवासायी, लेखक तथा कलाकर्मी, समाजसेवी र योगं अचिभर्स गरि पाँच सेक्सन रहेको र अनलाइन संस्करण पनि छिट्टै सार्वजनिक हुने जानकारी दिए । कार्यक्रममा महिला उद्यमी यमुना भट्टराई, अनुसुया वन्त, र राजनीतिकर्मी राचेल लेन मुरेले सफलताको शुभकामना दिएका थिए ।

सांग्रीला बुक अमेरिकाले वितरण गरेको यो पुस्तक हु इज हु नेपाली डटकम www.whoiswhonepali.com  अनलाइन किन्न सकिने बताइएको छ ।
नेपाली लेखकलाइ अमेरिकी विश्वविद्यालयले होस्ट गरेको यो पहिलो पटक रहेको बताइएको छ । एबिसि टेलिभिजनका पत्रकार मरहट्ठाले यसअघि द होप र मिडिया इन मास पुस्तक लेखेका थिए । उनी ‘मेसी द म्यान एट बार्सा’ डकुमेन्ट्रिका निर्देशक पनि हुन् ।

वि.सं.२०७६ जेठ १ बुधवार ०९:०६ मा प्रकाशित

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका...

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको...

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक...

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

काठमाडौं । योजना आयोगका सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरिएको छ ।...

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

काठमाडौं । दुरसंचार प्राधिकरणले दूरसंचार सेवा प्रदायक ३० कम्पनीलाई सातदिन...

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

  काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ...