
२ जेठ, काठमाण्डौं । सरकारले देशभरका संस्थागत नाममा दर्ता भएको सम्पूर्ण जग्गाको किनबेचमा रोक लगाएको छ ।
बुधबार गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई परित्रप गरी जग्गा रोक्का राख्न निर्देशन दिएको हो ।
गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार देशभर रहेका सरकारी, सार्वजनिक तथा गुठी जग्गामाथि अतिक्रमण बढेको जग्गको अवस्थाबारे जानकारी नरहेको पाइएपछि छानविनका लागि जग्गा जग्गा रोक्काको निर्णय गरेको हो ।
सरकारले यसबारे सत्यतथ्य पत्ता लगाई ती जग्गा सरकारको नाममा ल्याउन तथा संरक्षणका लागि उच्चस्तरीय छानविन आयोग गठन गरि आवस्यक प्रक्रिया अगाडि बढाइसकेको छ । विहिबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ जेठ २ बिहीवार ०७:३२ मा प्रकाशित