back

९८ प्रतिशत बालबालिका सामुदायिक विद्यालयमा

वि.सं.२०७६ जेठ २ बिहीवार

546 

shares

 

सुभानु आचार्य, २ जेष्ठ, ललितपुर । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा ९८ प्रतिशत स्थानीय बालबालिका अध्ययन गर्ने गरेका छन् । समय–समयमा विद्यालयप्रति वडा कार्यालयको जागरुकता, विद्यार्थी भर्ना अभियानमा गाउँपालिकाको विभिन्न प्रयास, लगनशीलता र सफलताका साथै अभिभावकमा गुणस्तरीय शिक्षाको प्रभावकारिता रहँदा त्यहाँका सामुदायिक विद्यालयप्रति स्थानीयवासीको मोह बढेको हो ।

यस गाउँपालिकाभित्र २८ विद्यालय छन्, जसमा एक निजी र २७ सामुदायिक विद्यालय रहेको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले जानकारी दिए । “कूल २८ विद्यालयमध्ये १६ प्राथमिक, पाँच आधारभूत र सात माध्यमिक विद्यालय छन्”, दाहालले भने, “लगभग दुई हजार २०० बालबालिका यहाँको सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेका छन्, जसमा छात्रभन्दा छात्राको सङ्ख्या बढी छ ।’

“गाउँपालिकाभित्र कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट बाहिर छैनन्, सोही आधारमा सबै बालबालिका विद्यालयमा आएको घोषणासमेत भइसकेको छ”, गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्ररमण पुरीले भने, “यहाँभित्र दुई स्रोतकेन्द्र छन् । यहाँका पाँच विद्यालयमा विद्यार्थी सङ्ख्या एकदमै कम छ ।” उनका अनुसार विद्यालय उमेरका विद्यार्थी नभएका कारण टुंगुन प्राविमा सात, चनदेवी प्राविमा छ, रिङ्गीन प्राविमा १८, नमूना प्रावि र बाल प्राविको आँकडा अति निराशाजनक छ भने जनजागृत प्राविमा विद्यार्थीनै छैनन् ।

यी विद्यालयलाई अन्य विद्यालयसँग समायोजन गर्न शिक्षा शाखाले सम्बन्धित वडा कार्यालयको राय सल्लाह माग्नुका साथै थप स्थलगत अध्ययनसमेत गरिरहेको छ । वस्तुगत अवस्थाका आधारमा विद्यालय समायोजन गर्ने, सार्ने अर्थात् बन्द गर्ने कुन रणनीति अपनाउँदा राम्रो हुन्छ सोही उपाय अपनाई जेठको अन्तिमसम्म यी विद्यालयलाई के गर्ने भन्ने टुङ्गोमा र्पुयाइने बताइएको छ ।

यस वर्ष गाउँपालिकाबाट आधारभूत तह उत्तीर्ण कक्षाको परीक्षा कूल १६६ विद्यार्थीले दिएका छन् । त्यसमा १४८ विद्यार्थीले डी प्लस वा सो भन्दा माथिको अङ्क हासिल गरेका छन् । पुरीले थपे, “निजी विद्यालयका सबै बालबालिका एकैसाथ उत्तीर्ण भए भने सामुदायिक विद्यालयका १८ विद्यार्थीलाई परीक्षा समितिको निर्णयअनुसार बढीमा सबै विषय गरी कूल ३५ अङ्क थपेर पूरक परीक्षामा उत्तीर्ण गराइसकेका छौँ ।”

यसैगरी गाउँपालिकाले विद्यालयमा लागू गर्ने वार्षिक कार्यतालिका तयार पारिसकेको छ । मासिकरूपमा विद्यालय र शिक्षा शाखाले गर्ने कामको विवरण, शैक्षिक सरोकारवालाले विद्यालय शिक्षामा अवलम्बन गर्नुपर्ने अपेक्षित कार्यशैली, विद्यालय सुधारको मार्गचित्रमा बालबालिका र सबै सरोकारवालाको भूमिका, उत्पेरक वाक्यांश, शैक्षिक तथ्याङ्क, विभिन्न समितिको नामावली, विद्यालयका विभिन्न शैक्षिक झलक र विद्यालय व्यवस्थापन समितिले स्थानीय अनकूलताअनुसारको बिदा दिने प्रावधान जस्ता सबै कुरालाई शैक्षिक क्यालेन्डरमा समावेश गरिएको आधारभूत तहका स्रोत व्यक्ति योगनिधि तिमल्सिनाले जानकारी दिए । “यस गाउँपालिकाले ३३ बुँदे निर्देशिका जारी गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सहयोग गरेको छ”, तिमल्सिनाले भने, “यहाँ रहेका २७ सामुदायिक विद्यालयमा कूल १७६ शिक्षक छन् ।”

फाइल:फोटो

वि.सं.२०७६ जेठ २ बिहीवार १०:०० मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...