back
CTIZAN AD

सेवा बन्द भएको जानकारी नहुँदा सेवाग्राही मर्कामा

वि.सं.२०७६ जेठ २ बिहीवार

855 

shares

२ जेष्ठ, काठमाडौँ । सरकारले ‘स्मार्ट’ चालक अनुमतिपत्रमा नेपालीकरण गर्ने कार्य रोक्दा सेवाग्राही मर्कामा परेका छन् । यो सेवा बन्द भएको जानकारी नहुँदा दैनिक सेवाग्राही कार्यालय आएर दुःख पाउने गरेका छ ।
सरकारले गत भदौमा यो सेवा बन्द गरे पनि दैनिकजसो सेवाग्राही आइरहेको एकान्तकुनास्थित प्रदेश नं ३ यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयले जनाएको छ । सरकारले यही कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण शुरु गरेसँगै अन्य देशको ‘स्मार्ट’ चालक अनुमतिपत्रलाई नेपालीकरण गर्दै आएको थियो ।

कार्यालयले अहिले कूटनीतिक नियोगका कर्मचारीको मात्रै चालक अनुमतिपत्र नेपालीकरण गरिरहेको कार्यालका प्रमुख डम्बरबहादुर चन्दले बताए । नेपालीकरणका लागि आउने सेवाग्राहीमा अध्ययन वा रोजगारीका लागि विदेश बसेर फर्किएका नेपाली धेरै रहेको उनले बताए । उनका अनुसार कतिपय सेवाग्राही नेपालीकरण छैन भनेपछि फर्किए पनि कतिपय विवाद गर्ने गरेका छन् । अहिले पनि दैनिक दुईदेखि चारसम्म सेवाग्राही नेपालीकरण गर्ने भन्दै आइरहेका छन् । उनले भने , “कतिपय छैन भन्दा बुझ्नुहुन्छ, कतिपयले भने हामीले गर्न नचाहेको भन्ने सोच्छन ।”

नेपालीकरण खुलाउनका लागि प्रदेश नं ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि चासो देखाएको छैन । गत वर्ष असोजमा यातायात व्यवस्था कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।

वि.सं.२०७६ जेठ २ बिहीवार १३:०९ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...