२ जेठ, काठमाडौं । अनैतिक क्रियाकलापमा संलग्न ६१ जना महिला पुरुष पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१६ माछापोखरी वाइपासस्थित विभिन्न होटेल, रेष्टुरेण्ट र सडक किनारबाट अनैतिक क्रियाकलापमा संलग्न ४४ पुरुष र १७ महिला गरी ६१ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले स्विप अप्रेसन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये अनुसन्धान पश्चात १५ पुरुष र ६ महिला गरी २१ जनालाई आफन्तको जिम्मा लगाइएको छ भने अन्य ४० जनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७६ जेठ २ बिहीवार १४:१० मा प्रकाशित