back

तपाई पनि ठगिनुहोला हैं वल्र्ड लिंकका कर्मचारीबाट !

वि.सं.२०७६ जेठ २ बिहीवार

405 

shares
GLOBAL IME AD
NTC AD

२ जेठ, काठमाण्डौं । वल्र्डलिंकको कर्मचारी हुँ भन्दै बजारमा ठग्दै हिड्ने व्यक्तिबाट तपाई पनि साबधान हुनहुहोला हैं, फेरि ठगिनुहोला ।

वल्र्डलिंकको कर्मचारी हुँ भन्दै ठगेर हिड्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका ठमेल बस्ने १८ वर्षीय सुशान्त ओझा भन्ने निरज कुईकेललाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

वल्र्डलिंक कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गर्ने कम्पनीका पूर्व रिटेल्स सेल्स एसिसटेन्ट उनले कम्पनीको मोवाइल र परिचयपत्रको दुरुपयोग गरी काठमाडौंका बिभिन्न स्थानमा गई ईन्टरनेट जोड्ने, रकम असुली गर्ने, पैसा नदिए लाईन काट्ने लगायतका कार्य गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो ।

ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकको रिटेल्स सेल्स एसिसटेन्टमा कार्यरत रहेका कुईकेलले २०७५ माघबाट कम्पनीमा काम गर्न छोडेको र त्यसपछि १५ जना भन्दा बढी पुराना सेवाग्राहीहरु र नयाँ ग्राहक समेत बनाई अबैध रुपमा ६५ हजार रुपैयाँ भन्दा बढी रकम असुल गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सो महाशाखाले जनाएको छ ।

कुईकेललाई ठगी मुद्धा अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको सो महाशाखाले जनाएको छ ।

वि.सं.२०७६ जेठ २ बिहीवार १४:१८ मा प्रकाशित

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट...

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

फिक्कल (इलाम) । अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको...

हेटौँडा कपडा उद्योग सञ्चालन हुनेमा स्थानीय आशावादी

हेटौँडा कपडा उद्योग सञ्चालन हुनेमा स्थानीय आशावादी

बागमती । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः...

एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने

एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका...