back

काठमाडौँ उपत्यकाको घर पुनःनिर्माणका लागि ९० हजार क्युफिट चिरान काठ वितरण

वि.सं.२०७६ जेठ २ बिहीवार

585 

shares

२ जेठ, काठमाडौँ  टिम्बर कर्पोरेशनले काठमाडौँ उपत्यकाको घर पुनःनिर्माणका लागि ९० हजार क्युफिट चिरान काठ वितरण गरिएको जनाएको छ ।

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पुगेका दुई हजार ४५० घर पुनःनिर्माणका लागि काठमाडौँ, भक्तपुर र ललितपुरमा उक्त परिणामको काठ वितरण गरिएको हो । महाप्रबन्धक राजु लौडारीले पुनःनिर्माणका लागि माग भएअनुसार कर्पोरेशनले चिरान काठ उपलब्ध गराउँदै आएको जानकारी दिए ।

घर पुनःनिर्माणका लागि माग भएको दुई लाख ५८ हजार क्युफिट काठमध्ये ९० हजार क्युफिट काठ वितरण गरिसकेका छौँ, अब एक लाख ६८ हजार क्युफिट काठ चाँडै नै उपलब्ध गराउँछौँ”, । एक लाख ६८ हजार क्युफिट काठ तीन हजार घर पुनःनिर्माणका लागि पुग्ने जनाइएको छ । विसं २०७२ माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले ‘भूकम्पपीडितका लागि काठ उत्पादन र व्यवस्थापन निर्देशिका–२०७२’ स्वीकृत गरेपछि कर्पोरेशनले विसं २०७४ जेठ २९ गतेदेखि उपत्यकाका भूकम्पपीडित तथा सम्पदा निर्माणका लागि काठ वितरण गर्न थालेको थियो । निर्देशिकाको परिच्छेद–५ को दफा ११ मा भूकम्प प्रभावित संरचनाका लागि काठ उपलब्ध गराउन, लगत तयार गर्न, आवश्यक काठ वन विभागसँग माग गर्न, काठ वितरण र सुरक्षाको व्यवस्था मिलाउन तथा काठ वितरणको अनुगमन गर्न भूकम्प प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहने व्यवस्था छ ।

यसैगरी उक्त कर्पोरेशनले पुरातात्विक सम्पदा पुनःनिर्माणका लागि काठमाडौँ, भक्तपुर, ललितपुर, दोलखा, नुवाकोट, गोरखालगायत जिल्लाका लागि २५ हजार क्युफिट काठ उपलब्ध गराएको छ । सम्पदा पुनःनिर्माणका लागि ५० हजार क्युफिट काठ माग भए पनि कर्पोरेशनले आधामात्र काठ उपलब्ध गराएको हो । सम्पदालाई मागबमोजिम नै काठ उपलब्ध गराउँदै जाने आएको महाप्रबन्धक लौडारीले बताए । त्रिपुरेश्वर मन्दिर र काष्ठमण्डपको पुनःनिर्माण भने काठमाडौँ विश्वविद्यालयको कला शाखाले गर्दैछ ।

उपत्यका बाहिरका भूकम्प प्रभावित जिल्लामा भने सम्बन्धित जिल्ला वन कार्यालयबाट नै काठ उपलब्ध हुँदै आएको छ । कर्पोरेशनले भूकम्पपीडितलाई भूकम्पको रातो कार्ड, नागरिकता, पुनःनिर्माण प्राधिकरणसँग भएको सम्झौता, जग्गाधनी प्रमाणपूर्जा र घर निर्माणको नक्शा हेरेर प्रतिक्युफिट रु दुई हजार ७४० मा प्रतिपरिवार अधिकतम ५० क्युफिटसम्म काठ उपलब्ध गराउँदै आएको छ । घर पुनःनिर्माणका लागि चाहिने काठ लिनका लागि जिल्ला वन कार्यालयमा आएको निवेदन अध्ययन गरेर काठ उपलब्ध गराउँदै आएको वन विभागले जनाएको छ । भूकम्प प्रभावित उपत्यका बाहिरका जिल्लामा भने सामुदायिक वनले काठ उपलब्ध गराउँदै आएको छ ।

 

वि.सं.२०७६ जेठ २ बिहीवार १५:४८ मा प्रकाशित

Himalayan Life AD
फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६...