back

पुरातत्व विभागलाई महानगरको पत्राचार

वि.सं.२०७६ जेठ २ बिहीवार

624 

shares

२ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वयम्भू क्षेत्रको गरिमा बचाइराख्न र नयाँ संरचना निर्माण कार्य स्वीकृत नगर्न पुरातत्व विभागलाई पत्राचार गरेको छ । यस क्षेत्रमा कुनै पनि संरचना बनाउनैपर्ने भएको वडा कार्यालयसँग समन्वय र सिफारिशमा मात्र प्रक्रिया अगाडि बढाउन भनिएको छ । कामपाको वडा नं १५ ले पुरातत्व विभागलाई पत्राचार गरेको हो । वडा नं १५ का वडाध्यक्ष एवं कामपाको प्रवक्तासमेत रहनुभएका ईश्वरमान डङ्गोलका अनुसार स्वयम्भू स्तूप जाने पूर्वी भर्याङ्तर्फ आधुनिक निर्माण सामग्रीको प्रयोग गरेर पूर्वाधार बनाउने काम भएपछि स्वयम्भूको मौलिक संरचनाका विषयमा प्रश्न उठ्न थालेपछि पत्राचार गरिएको हो ।

आधुनिक निर्माण सामग्रीको प्रयोग भएको विषयमा सूचना पाएपछि वडाले निर्माण पक्षलाई वैशाख ३० गतेदेखि निर्माणको काम रोक्का गरी निर्माणसम्बन्धी जानकारी महानगरको केन्द्रीय कार्यालयमा पठाएको हो । नियमनकारी निकाय कसैसँग समन्वय नगरी आधुनिक निर्माण सामग्रीको प्रयोग गरेर अघि बढाइएको संरचना बनाउने काम प्रक्रियाविपरीत भएकाले रोक्का गरिएको प्रवक्ता डङ्गोलले जानकारी दिए ।

गोर्खा भूकम्पका कारण स्वयम्भू क्षेत्रका १८ सम्पदामा भूकम्पले क्षति पुगेकामा १५ को पुनःनिर्माण भइसकेको छ । यस्तै भूकम्पले क्षतिग्रस्त बौद्धनाथको एउटा क्षति भएकामा त्यसको पनि पुनःनिर्माणको कार्य भइरहेको पुरातत्व विभागले जानकारी दिएको छ । भूकम्पका कारण क्षति भएका सम्पदामध्ये हालसम्म २२३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पले भत्किएका सम्पदामध्ये पुरातत्व विभागमार्फत १६१, पशुपति क्षेत्र विकास कोषमार्फत २० र सङ्घसंस्थामार्फत ४२ गरी हालसम्ममा २२३ सम्पदाको पुनःनिर्माण सकिएको हो ।

 

वि.सं.२०७६ जेठ २ बिहीवार १७:०६ मा प्रकाशित

Himalayan Life AD
विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...