
३ जेठ, विराटनगर । पुस दोस्रो साता विराट नर्सिङ होममा दुरबिनबाट पित्तथैलीको शल्यक्रिया गराएको झापा शान्ति नगर ७ की राधा निरौलाको घाउ अझै निको भएको छैन
डा. आरके साबुले राधाको पेटमा चारवटा प्वाल पारेर दुरबिनबाट पित्त थैलीको ढुंगा निकालेका थिए ।
‘शल्यक्रिया गरेको अढाई महिना नबित्दै चारवटै प्वालमा घाउ भयो,’ राधाले भनिन् ‘चिकित्सकलाई देखाउँदा ईन्फेक्सन भयो भनेर फेरि शल्यक्रिया गरियो ।’ त्यसपछि एक महिनासम्म घाउमा ड्रेसिङ गराएको उनले बताइन् ।
त्यस्तै विराटनगर महानगरपालिका ३ की ५५ वर्षीया सीता वस्नेत, दुर्गा बहादुर कार्की लगायतले यसरी नै राधाको जस्तो पीडा भोग्नु परेको छ । उनीहरुको पनि ईन्फेक्सन भएको भन्दै दुईपटक अप्रेसन गरिएको छ ।
यो नसिङ होममा असोजयता दूरबनिबाट पित्तथैली, एपेन्डिसाइटिस र पाठेघरको शल्यक्रिया गराएका मध्ये सय जना यस्तै पीडा भोगिरहेका छन् । शुक्रबारको कान्तिपूर दैनिकबाट
वि.सं.२०७६ जेठ ३ शुक्रवार ०७:२९ मा प्रकाशित




























