back

विश्वविद्यालयका शाखा अझै दाङ आएनन्

वि.सं.२०७६ जेठ ३ शुक्रवार

555 

shares

३ जेठ, लमही । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीका दुई शाखा अझै दाङ आएका छैनन् । सर्वोच्च अदालतले सांस्कृतिक अध्ययन केन्द्र र अनुसन्धान केन्द्रलाई केन्द्रीय कार्यालय भएकै स्थानबाट सञ्चानलनमा ल्याउन आदेश जारी गरेको नौ महीना बितिसक्दा पनि ती शाखा दाङबाट सञ्चालन हुन सकेको छैन । तर अबको केही समयपछि ती शाखाहरु दाङ ल्याउने तयारी थालिएको विश्वविद्यालयका शिक्षाध्यक्ष रमेश ढकालले बताए ।

उनका अनुसार अहिलेको डिन कार्यालयलाई नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा सार्ने र सोही भवनमा सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढेको हो ।  “पदाधिकारीको बैठकले डिन कार्यालयलाई अहिलेको आयुर्वेद शिक्षण अस्पतालमा सार्ने गरी सहमति गरेर प्रक्रिया अघि बढाएको छ”, उनले भने, “अबको १०र१५ दिनमा ती दुई कार्यालय अहिलेको डिन कार्यालयबाट सञ्चालन हुनेछन ।”

डिन कार्यालयबाट ती शाखाहरु सञ्चालन भएसँगै संस्कृत अध्ययन केन्द्रको निर्देशक नियुक्ति हुने र काम अघि बढ्ने विश्वविद्यालयका उपलेखा नियन्त्रक हरिबहादुर जिसीले बताए। अनुसन्धान केन्द्रको निर्देशक भने अहिले काठमाडौँमा बस्दै आएको र दाङमा शाखा सञ्चालन भएपछि दाङमै आउने उनले बताए ।

सर्वोच्च अदालतले गत वर्ष भदौमा केन्द्रीय कार्यालय दाङबाटै सञ्चालन गर्ने आदेश गरेको भए पनि दाङबाट सञ्चालन हुन नसकेको भन्दै दाङमा क्रियाशील विभिन्न विद्यार्थी सङ्गठनहरुले आपत्ति जनाउँदै आएका छन ।

वि.सं.२०७६ जेठ ३ शुक्रवार १४:४४ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...