back

बुद्धजयन्तीको तयारी पूरा, यस्ता छन् कार्यक्रमहरु

वि.सं.२०७६ जेठ ३ शुक्रवार

504 

shares

३ जेठ, काठमाण्डौं । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले २५६३ औँ बुद्धजयन्तीको तयारी पूरा भएको जनाएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यमा रङरोगन गरी सिङ्गारिएको तथा त्यस वरपर क्षेत्रमा सरसफाइ गरिएको छ ।

बुद्धजयन्तीका दिन बिहानैदेखि विशेष बुद्ध पूजा, भजनकीर्तन, साँझमा दीपावली गरिने छ । मन्दिर परिसरमा साँझ गरिने दैनिक दीप प्रज्वलनमा सम्पूर्ण प्राणी जगत्को कल्याणको कामना गरिने महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिएका छन् ।
यही जेठ ४ गते परेको बुद्धजयन्तीमा मेला भर्न आउने भक्तजनको लाइन व्यवस्थापन तथा पथ प्रदर्शनका लागि स्वयंसेवक प्रबन्ध गरिएको छ ।

सामान्य स्वास्थ्य परीक्षण, आकस्मिक घटनाका लागि एम्बुलेन्सको व्यवस्थापन गरिएको ऊक्त जन्मजयन्ती कार्यत्रममा प्रहरीसँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन शाक्यमुनि बुद्धको जन्मजयन्ती मनाउने क्रममा महासमितिले विभिन्न धार्मिक गतिविधिका साथै स्वयम्भूको ऐतिहासिक पक्ष, मौलिक संस्कृति तथा सम्पदाको प्रचारप्रसार गर्ने गरेको छ ।

चैत्यदेखि करीब एक किलोमिटरको दूरीमा रहेको शान्तिपोखरी तथा त्यस आसपास क्षेत्रमा सरसफाइ गरेर सिङ्गारेपछि त्यो क्षेत्र अहिले आकर्षित देखिएको छ । त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्वका अन्य केही सम्पदा जीर्णोद्धारका लागि पुरातत्व विभाग र महासमितिले अध्ययन गरिरहेको छ ।

वि.सं.२०७६ जेठ ३ शुक्रवार १५:१४ मा प्रकाशित

Himalayan Life AD
यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

काठमाडौँ । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको...

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४...

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न...

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै...