back

दीर्घरोगीलाई नगरपालिकाले आर्थिक सहयोग गर्नेे

वि.सं.२०७६ जेठ ३ शुक्रवार

654 

shares

३ जेठ, काठमाण्डौं । चन्द्रागिरि नगरपालिकाले दीर्घरोगीका लागि उपचार खर्च दिने भएको छ ।

नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने कुनै पनि नागरिकमा दीर्घरोग लागेमा उनीहरुलाई रु २५ हजारसम्म आर्थिक सहयोग गरिने नगर उपप्रमुख लिसा नकर्मीले बताए ।

नगरपालिकामा रहेको मुटुरोगी, अर्बुद, मिर्गौलालगायत रोगबाट पीडितलाई वार्षिक एक पटकमा रु २५ हजार उपचार खर्च उपलब्ध गराउने नीति ल्याइएको हो । नगर कार्यालयको सो निर्णयपछि विपन्न रोगीलाई थप सहयोग पुग्ने उपप्रमुख नकर्मीको भनाइ छ ।
रोग लागेको अस्पताल तथा चिकित्सकबाट प्रमाणित भएपछि निवेदनका आधारमा उक्त रकम उपलब्ध गराउने भनिएको छ । दीर्घरोबाट बचाउन नगरपालिकाकाले विशेष स्वास्थ्य नीति तथा कार्यक्रमसमेत अघि सारेको नगरपालिकाले जनाएको छ ।

साथै नगरपालिकाले ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य परीक्षण अभियान पनि सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम नौवटा वडामा सञ्चालन भइरहेको र अन्य वडामा पनि यो अभियानलाई निरन्तरता दिने उपप्रमुख नकर्मीले बताए ।

वि.सं.२०७६ जेठ ३ शुक्रवार १५:२१ मा प्रकाशित

Himalayan Life AD
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते

बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते

बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म...

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा...

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित...

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज...