back

प्रधानमन्त्री भन्छन्–’मदनकै विचारका कारण पार्टी मजबुत’

वि.सं.२०७६ जेठ ३ शुक्रवार

534 

shares

 

३ जेठ, काठमाण्डौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताए ।

छब्बीसौँ मदन–जीवराज स्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा नेकपाद्वारा मदननगरमा आयोजित कार्यक्रममा उनले भण्डारीले अगाडि सारेका विचार र सोचकै कारण आज मजबुत पार्टीका रुपमा बहुमतका साथ वर्तमान ठाउँमा रहेकाले उनको विचारलाई छाड्न नमिल्ने स्पष्ट गरे ।

“मदन भण्डारीले अगाडि सारेको विचारले धारालाई पार्टीले छाड्दैन । त्यस विचारको धाराबाट पार्टी अगाडि बढ्छ”, उनले भने, “मदनको विचारलाई छाड्न मिल्दैन । यस विचारलाई छाडेर जाने कता रु यसबाट अगाडि बढ्ने कुरामा सबै निश्चित हुनुहोस् ।”

भण्डारीको विचारधाराले पार्टीको एकतालाई अझ खँदिलो बनाउने समेत उनको भनाइ थियो । अध्यक्ष ओलील भण्डारीले अगाडि सारेको विचारलाई मन्त्र र शास्त्रका रुपमा नभई मार्गदर्शकका रुपमा लिनुपर्ने विचार व्यक्त गरे । “मदनको विचारलाई सूत्रका रुपमा घोक्ने, कण्ठ गर्ने होइन । हिजो मदन भण्डारीले जे जे भन्नुभयो, त्यही त्यही काम चल्छ भन्ने पनि होइन । समयानुकूल ढङ्गले यसको सिर्जनात्मक प्रयोग कसरी हुन्छ भन्ने हिसाबले हामी अगाडि बढ्दै आएका छौँ”, उनले भने, अध्यक्ष ओलीले भण्डारीले अगाडि सारेको विचारले नै अन्त्यन्तै प्रतिकूल अवस्थामा कम्युनिष्ट आन्दोलनको रक्षा गरेको तथा कम्युनिष्टमाथिको सम्पूर्ण आलोचनालाई निस्तेज पारेको बताए ।

उनले बिहीबार मात्र जनवर्गीय सङ्गठनको एकता गरिएको छ भन्दै पार्टी एकतालाई फराकिलो ढङ्गले लैजानुपर्नेमा जोड दिए । “यतिबेला चित्त सानो पारेर होइन, मन दुखाउने होइन । फराकिलो मनले पार्टी एकता र एकीकरणको भावनालाई मिलाउनुपर्छ”, उनले भने, । उनले दुई दुई वैचारिक धारालाई मिलाएर एउटा पार्टी बनाइएको उल्लेख गर्दै त्यसलाई एक ठाउँमा अन्तरघुलित बनाउने थालिएको समेत स्पष्ट गरे ।

उनले एकताका बाँकी काम(विभिन्न निकाय, विभागको कार्यविभाजन) केही दिनभित्र पूरा हुने समेत बताए । अध्यक्ष ओलीले महान् आन्दोलनमा लागेकाले नेकपाका लागि परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गर्दै पराजित प्रतिक्रियावादीले यथास्थितिलाई भत्काउन खोजेको समेत बताए । उनले भने, “पराजित प्रक्रियावादीले सहजै पराजय स्वीकार गर्दैनन् । जनताको आन्दोलन र सफलता देख्न रुचाउँदैनन् । त्यसकारण उनीहरु यथास्थितिलाई भत्काउन खोज्दैछन् ।’’ उनले अनेक निराशा फैलाउने कोशिश भइरहेको छ भन्दै त्यस्ता निराशा कम्युनिष्टले राख्नु नपर्ने र निराश हुने अवस्थामा आउन नदिइने पनि बताए ।

प्रधानमन्त्री ओलीले सफलतापूर्वक सरकार देश र जनताका पक्षमा दृढदापूर्वक लागेर काम गरिरहेको छ भन्दै कहीँकतै कमजोरी भएमा तिनलाई सच्चाएर अगाडि बढ्ने बताए । उनले राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र लोककल्याणकारी राज्यका पक्षमा तथा तल्लो तहलाई कसरी माथि उठाउन सकिन्छ र रोजगारीको अवसर कसरी गर्न सकिन्छ भन्नेमा आफ्नो ध्यान केन्द्रित रहेको उल्लेख गदै पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र पर्यटनको विकास गरेर नेपाली अर्थतन्क्रलाई सबल र विकसित बनाइने दृढता व्यक्त गरे ।

नमूना पार्टी बनाइने
अध्यक्ष ओलीले पार्टीभित्रका कुरालाई आवेशम नआई सार्वजनिक गर्न नहुने बताउँदै पार्टीभित्रका केही कमी र असजिलोपनलाई सच्याउँदै नमूना पार्टी बनाइने प्रतिबद्धता व्यक्त गरे । ‘‘अनुशासित पार्टीको रुपमा यस पार्टीलाई विकास गर्नुपर्दछ । हामीले आन्तरिक कुरा के हुन् र सार्वजनिक कुरा के हुन्, आवेशका कुरा के हुन्, यथार्थ कुरा के हुन्, तिनलाई छुट्टाएर काम गर्नुपर्छ ’’, उनले भने,‘‘आक्रोशमा अनुचित कुरा अभिव्यक्त गर्नु हुँदैन । ती कुरालाई सार्वजनिक ढङ्गले दिन वाञ्छनीय हुँदैन । म सबै साथीलाई आग्रह गर्दछु । हामी आफूलाई सच्चाउने बाटोबाट मात्र अगाडि जान सक्छौँ ।’’

वि.सं.२०७६ जेठ ३ शुक्रवार १५:३१ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्रीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

प्रधानमन्त्रीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता...

बिहान चाडै उठाइदिन भनेका अभिनेता सुनिल थापा सदाका लागि अस्ताए

बिहान चाडै उठाइदिन भनेका अभिनेता सुनिल थापा सदाका लागि अस्ताए

काठमाडौँ । अभिनेता सुनिल थापाको आज ६८ वर्षको उमेरमा निधन...

चौतिस उम्मेदवारले बुझाए निर्वाचन आयोगमा स्पष्टिकरण

चौतिस उम्मेदवारले बुझाए निर्वाचन आयोगमा स्पष्टिकरण

काठमाडौँ । आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेकामध्ये...

आयोगद्धारा १८१ वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकमाथि कारबाही सिफारिस

आयोगद्धारा १८१ वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकमाथि कारबाही सिफारिस

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु

पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगर–१३ राधेमाईस्थित कर्बाेला अगाडि मोटरसाइकल पार्किङको...

निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ...