back

यत्ति गुनासो गरे स्वर्गीय जननेता मदन भण्डारीज्यू

वि.सं.२०७६ जेठ ३ शुक्रवार

465 

shares

श्रद्धेय स्वर्गीय जननेता कमरेड मदन भण्डारी तथा जीबराज आश्रीतज्युको २६ औ स्मृति दिवसको अवसरमा वहाँहरु प्रति श्रद्धा सुमन व्यक्त गर्दछु ।

प्रजातन्त्र पुनस्र्थापना पश्चात् समय नपुगी सरकार फेरिने रवैयाले हामी जनतामा निराशा दिएको थियो । देशका नेताहरु न देशको भएका छन न त, जनताको भएका छन् । पार्टीभित्र पनि गुटबन्दीको नेता भनिएको छन् । सबै पार्टीभित्र ब्यक्तिबादी सोँचले राज गरेको छ । साच्चिकै भन्नूपर्दा जनताको बुझाइमा देशका शिर्षस्थ नेताहरु देशका लागि केही गर्दैनन् तर, प्रधानमन्त्रीको बोर्डमा नाम लेखाउने होडबाजीका लागि मात्र हुन् भन्ने कुरा जनमानसमा लाग्न थालेको छ । हजुरको कम्युनिस्ट पार्टीबाट ४१ औं प्रधानमन्त्रीको पदमा कम्युनिस्टको तर्फबाट केपी ओलीज्यु नियुक्ति हुनु भएको पनि निकै भइ सकेको छ ।

जननिर्बाचित प्रधानमन्त्रीले एक कार्यकाल पूरा गर्न नपाउदै खेलिने सत्ता समीकरणको खेलले नेपालको अर्थतन्त्र र जनताको मनलाई धुजा –धुजा पारेको छ । जनताको बुझाइ अनुसार हिजोपनी गिरिजाप्रसाद कोइराला ,मनमोहन अधिकारी, शेरबहादुर देउपा,पुष्पकमल दाहाल(प्रचण्ड), बाबुराम भट्टराई, झलनाथ खनाल , माधबकुमार नेपाल र केपि ओलीजी पनि एक आपसमा खुट्टा तान्ने प्रवृत्तिमा लागेर बोर्डमा नाम लेखाउने काम मात्र गर्नु भयो । तर ,मेरो ब्यक्तिगत बुझाइमा प्रजातन्त्र पुनस्र्थापना पश्चात् नियुक्ति हुनुभएका सबै प्रधानमन्त्रीले सानो ठूलो प्रयास गर्नुभयो । ब्यबस्था परिबर्तन भयो । संविधानसभाको चुनाब भयो, देश संघीयतामा गएर सात प्रदेश भयो । अहिले सातै प्रदेशको आफ्नै सराकार छन् । गाउँ गाउँमा सिंहदरबार पनि छ । सविधान लेखन कार्य भयो । यी पनि उपलब्धी नै हुन् । तर, यि उपलब्धि हासिल गर्नु देशले ठूलो धन जनको क्षती भोग्नु पर्यो । देश धेरै समय गुमराहमै बित्यो । तितो सत्य भन्नू पर्दा देशका शीर्षस्थ नेताहरुबीच खुट्टा तान्ने खेल शुरु भयो जुनकुरा आजपनि यथावत नै छ । जसकारण भ्रष्टाचारको बीउ रोप्ने काम माथिल्लो तहबाट नै शुरु भयो भन्दा फरक नपर्ला ।

देशको अति संबेदनशील अंग प्रहरी प्रशासन पनि राजनीतिक भुवरीमा पर्यो । देशका वरिष्ठ ब्यक्तिहरुद्वारा सुरक्षा निकायलाई अबैध धन्दामा अप्रत्यक्ष रुपमा प्रयोग गरियो । यहिकारण भ्रष्टाचार माथिल्लो तह हुँदै तल्लो तह सम्म पुग्यो । आज हाम्रो देशको सरकारी कार्यालय बिना घुस समयमा काम नगर्ने मनस्थितिमा पुगिसकेको ज्वलन्त उदाहरणका लागि युवा वरिष्ठ पत्रकार रबि लामिछानेले चलाउने कार्यक्रम सिधा कुरा जनतासङ हेरेमात्र पुग्छ।यो कुरा पनि हजुरलाई अबगत गराउन चाहन्छु ।

स्वर्गीय कम्रेड मदन भण्डारीज्यू
मैले बुझ्ने भएदेखि लिएर अहिलेसम्म हेर्दैजाँदा देशको स्थिती शान्तिबाट अशान्ति अनि असुरक्षित दिशातिर बढीरहेको महसुस गरेको छु । देशमा हत्या हिंसा अत्याचार र भ्रस्टाचार मौलाउदै गएको अनुभव गरेको छु । सत्ता परिबर्तन भैराखेको छ । तर, यहाँ नियम कानुन दिन प्रतिदिन फितलो हुँदै गैरहेको छ ।

भिन्न भिन्न समयमा भिन्न भिन्न नेतृत्वज्यूहरुको भाषण सुनियो । सबैको काम पनि देखियो सबै नेतृत्व मध्य हजुरका सपनाहरु मैले मन पराएको थिए त्यही सपनाहरुलाई बिकसित गरि बर्तमान प्रधानमन्त्रीले पनि लिनु भएको थियो र आज पुन ः ती सपनाहरु स्मरण गराउन चाहन्छु–तुइन हटाउने,लोडसेडिङ मुक्त गर्ने, फास्ट ट्रयाक आफैं बनाउने, पाइपलाइनबाट घर घरमा ग्यास ल्याउने, चुच्चो परेको रेल चलाउने, प्रशान्त महासागरमा आफ्नै पानीजहाज चलाउने । यी सपनाहरु त पूराना हुन । रात बिते एक रातमै अगा्रख पलाउछ भन्छन । सपना माथि सपना थपिएका छन । पछि थपिएको एजेन्डाहरु–कृषिको व्यावसायिकरण,शिक्षा ,स्वास्थ , खानेपानी ,कानुनी ब्यबस्था तथा प्रशाशनिक पुनर्संरचना आदि आदी ।

हो सपनाहरु राम्रा थिए । हामिले आशा राखेको थियौ तर भन्नू र गर्नुमा अलि फराकिलो अन्तर हुन्छ । सपना देख्दैमा सबै कुराहरु जादुमय समाधान हुन सक्दैन । देशको बिग्रेको परिस्थितिलाई सुधार्न समय लाग्छ । तुरुन्त समाधान गर्न त जादुमा पनि त्यो तागत छैन । तर, बाँडेका सपनाहरु नै बिकासका रुप रेखाहरु हुन् । घर बनाउनुपूर्ब जग्गा अनुरुपको स्तरीय नक्शा बनाउन सके मात्र घर सोचेजस्तै सुन्दर हुन्छ ।

मैले सुनेको छु भ्रष्टाचार सबैभन्दा पहिला मन्त्रालयबाट नै शुरु हुन्छ । जब भ्रष्टाचार माथिल्लो तहमा बिशिष्ट ब्यक्तिबाट शुरु हुन्छ भने तल्लो स्तरका कार्यलयमा भ्रष्टाचार हुनु कुनै ठूलो कुरा होइन । हजुरले,समृद्ध नेपालको कल्पना गरिरहनु थियो । भन्नू हुन्थ्यो–लोकतन्त्र पश्चात् देशमा फेरि एक हुल सेता मान्छेको हालीमुहाली चल्छ । एउटा राजा फालेर अरु थुप्रै राजा फेरि जन्मिन्छन भने देशमा फेरि अर्को क्रान्ती हुन्छ र गर्नुपर्छ । अहिले त्यस्तै अनुभव भइरहेको छ । हजुरले त्यहाँबाट मिल्छ भने सबैभन्दा पहिला भ्रष्टाचार रोक्ने तरीका हाम्रा शिर्ष नेताज्यूहरुलाई सपनामा सुटुक्क भनिदिनु होला ।

लाई थाहा छ, चुनौतीका पहाडहरु क्रमबद्ध रुपमा उभिएका छन् । भ्रष्टाचारले जरा गाढेको छ । आर्थिक स्थिती दिन प्रतिदिन ओरालो लाग्दै गएको छ । बजार भाउले आकाश छुदै छ । भ्रष्ट ब्यापारीहरुले रासन, ग्यास लत्ता कपडा लगायत अन्य दैनिक भोग्य समानहरुमा चरम असुली गरिरहेका छन् । प्रत्येक दिन औसतन ८०० दक्ष युवा खाडीतिर छिर्न बाध्य छन् । ऋतुसंगै परिबर्तन भएका सरकारले गरेका बिवादित निर्णयहरु चाङ्कका चाङ छन् । विकट दुर्गम क्षेत्रमा औषधीका अभाबमा ज्यान गुमाउनेको संख्यामा कुनै कमि आएको छैन् । सरकारले पूर्ण साक्षर जिल्ला घोषित गरेपनि जनतामा अझै शिक्षाको कमि छ । शिक्षाको गुणस्तरमा पनि खासै बिकास देखिदैन ।

निजी बिधालयले गरीब जनतालाई गुणस्तरीय शिक्षाको नाममा अतिरिक्त बोझ बोकाइरहेका छन् । भू–माफियाको त कुरै नगरौं अझ ठुलो प्रकोप छ । भुकम्प र बाढी पीडित जनता अझै पालमुनी छन् । दातृ निकायद्वारा प्रदान गरिएको रकमको हिसाब किताब छैन । बाहिरबाट सहयोगमा आएको जस्ता पाता ,पाल तथा अन्य सामाग्री पनि सरकारका मन्त्री तथा कर्मचारीले मनोमानी गरेको खबरहरु हजुरलाई बोल्न नमिले पनि पक्कै देख्नु भयो होला । देशका सबै सरकारी क्षेत्रहरू तहस–नहस छन् । कार्यालयमा कर्मचारीतन्त्र, दादागिरी, दलाली, घुस तथा भ्रष्टाचारको जालोमा जेलिएको छ । जनमतको आधारमा देशको ठूलो राजनीतिक पार्टी नेकपा एमाले र दोश्रो ठुलो पार्टी नेकपा माओवादी केन्द्रको एकताको खबरले हजुर निकै खुशी हुनुभयो होला तर साच्चिकै भन्नू पर्दा तल्लो स्तरसम्म एकताले अझै पुर्णता पाएको छैन् ।
जनतामा उत्साह र आशा देखिएको थियो । यी दुबै पार्टी मात्र नभएर अरु पनि सबै प्रगतिशील बिचार बोकेका पार्टीलाई एउटै मालामा गास्न सके देश र जनताले मुक्ति पाउन धेरै समय नलाग्ने कुरा हामीले बुझेका थियौ । दशबर्शे जनयुद्धले थुप्रै मर्महरु बोकेको छ, हजुरको जबज र क्रान्तिकारी धारको एकताले देश र जनताको लागि के उपलब्धि दिदैछ देखिराख्नु भएकै छ होला ।

इतिहासको कालखण्डमा केही युग पुरुषहरुको जन्म हुन्छ । हाम्रो नेपाली इतिहासमा मैले चुनेका केही युग पुरुषहरू–पृथ्वीनारायण शाह, बिपी कोइराला, राजा बिरेन्द्र र हजुर स्वयं कमरेड मदन भण्डारी र अहिले बर्तमान परिस्थितिमा कमरेड पुष्पकमल दाहाल(प्रचण्ड) कमरेड केपि ओलीलाई देशका ९० प्रतिशत जनताले युग पुरुष मानेका छन्, थिए र अहिलेसम्म कायम नै छ । जनता खुशी थिए । बर्तमान द्वय नेतृत्वद्वारा जनताको बहुदलिय जनबाद र जनयुद्धको मर्मलाई आत्मसात गर्दै फरक र रोचक ढंगले पार्टी एकीकरण गरि काधमा काध मिलाउदै देशलाई निकास र बिकासलाई मध्यनजर राखेर समृद्धि नेपालको निर्माण गर्नु हुनेछ भन्ने कुरामा जनतालाई बिश्वास लागेको थियो तर जनताको सोच अनुरुप कार्य हुन नसकेको कुरा मैले हजुरलाई भनिरहन पर्दैन होला ।

अन्त्यमा ,

अहिले हाम्रो देशको बिपक्षी पार्टीको त स्तर निकै गिर्दो र दयनिय अवस्थामा छ । सरकारको बिरोध कतिबेला र कहाँ गर्नुपर्छ पटक्कै थाहा नभएको जस्तो लाग्छ । पार्टीभित्र आपसमै बाझाबाझ गरेर बेहाल छ । बिपक्षीका नेताहरुलाई पनि सम्झाइदिनु होला । प्रधानमन्त्री पदमा रहेर विपक्षीलाई व्यंग्यात्मक शैलीबाट खिल्ली उडाएको शोभा दिदैन त्यसकारण प्रधानमन्त्रीज्युलाई पनि व्यंग्य अलि कम गर्न सुझाब दिनु होला । बिगतका प्रधानमन्त्रीले गरे जस्तै आफ्ना पार्टीका कार्यकर्तालाई मात्र राम्रो ठाउमा अबसर नदिन भन्दिनु होला । आफ्नो पार्टीमा आस्था राख्ने सरकारी कर्मचारीलाई पायक पर्ने ठाउमा सरुवा र योग्यता नपुगेकालाई बढुुवा गरेर जनताको आलोचना नखेप्न भन्दिनु होला । देशको संबेदनशील अंग प्रहरी प्रशासन र सेनाका आफ्नै नियम कानुन हुन्छन ती अंगमा राजनीतिक रंग नमिसाइदिनु भनेर बेला बेला सम्झाइ राखिदिनु होला ।
सरकारको कार्यकाल अझै चारबर्ष बाँकी छ । काम गर्ने अबसर मिलेको बेला कम्युनिस्टको सरकारले धेरै राम्रो र उदाहरणीय काम गर्छ भनेर देशका जनता, छिमेकीलाई मात्र नभएर बिश्वमा एक उदाहरण पेश गर्न भनिदिनुहोला । भन्न मन लागेका कुरा त थुप्रै थिए सिमित समयका कारण आज हजुरको २६ औ स्मृति दिवसको अवसरमा यतिमात्र गुनासो राखेर कलम बिसाउन चाहन्छु ।

पैयु गाउँ पालिका–४ पर्बत, गण्डकी प्रदेश

वि.सं.२०७६ जेठ ३ शुक्रवार १८:२० मा प्रकाशित

Himalayan Life AD