
४ जेठ, काठमाण्डौं । आकर्षक गन्तव्य मुलुकको रुपमा रहेको जापान रोजगारी अझै अनिश्चित छ । नेपाल र जापानबीच संयन्त्रका विषयमा सहमति जुट्नु नसक्दा जापान रोजगार अनिश्चित भएको हो ।
स्रोतका अनुसार सन् २०१९ भित्र कामदार जापान जान नपाउने निश्चितजस्तै भएको छ ।
कुन मोडालटीमा कामदार पठाउने भन्ने विषय टुंग्याउँदा नसक्दा अझै ६ महिना भन्दा अघि कामदार जापान जान सक्ने अवस्था न्यून छ । जापानले कुन संयन्त्रबाट कामदार लिने भन्ने विषयमा स्पष्ट खाका बनाउन सकेको छैन । संयन्त्रबारे जापान स्पष्ट हुने नसक्दा जापान रोजगारीमा अन्यौलता छाएको हो ।
जापानले सन् २०१९ अप्रिलदेखि विदेशी कामदार लिने नीति अबलम्बन गरेको थियो । तर, पछिल्लो समय विदेशी कामदार कुन संयन्त्रबाट भित्राउने भन्ने टुंग्याउन सकेको छैन् । जापानले परीक्षणको रुपमा फिलिपिन्सको परीक्षण सफल भएपछि मात्र अन्य देशबाट कामदार कामदार लैजाने भएपछि मात्र अन्य कामदार लैजाने जापानको पछिल्लो रणनीति छ ।
शनिबारको अन्नपूर्णपोस्ट दैनिकबाट
वि.सं.२०७६ जेठ ४ शनिवार ०७:१५ मा प्रकाशित




























