४ जेठ, काठमाण्डौं । सर्वोच्च अदालतले जानकी मेडिकल कलेजले अवैद्य रुपमा भर्ना गरेका विद्यार्थीको पक्षमा अन्तरिम आदेश दिएको छ । न्यायाधिश केदार प्रसाद चालिसे र मनोजकुमार शर्माको संयुक्त इजलाशले परीक्षामा सहभागी गराउने आदेश दिएको हो ।
त्रिभुवन विश्वविद्यालय चिकित्शासास्त्र अध्ययन संस्थान –आइओएम) को भर्ना सूचना विपरीत प्रवेश परीक्षामा नै सहभागी नभई अवैद्य रुपमा भर्ना भएर अध्ययन गरिरहेका विदेशी विद्यार्थीले हालेको रिटमा सर्वोच्चले आइओएमलाई परीक्षामा सम्मिलित गराउन आदेश दिएको हो ।
‘आगामी जेठ ७ गतेदेखि सुरु हुने प्रथम वर्षको परीक्षामा यी निवेदनहरुलाई परीक्षामा फर्म भर्न दिई परीक्षामा सम्मिलित हुन दिनू–दिलाउनू’ सर्वोच्चले त्रिभुवन विश्वविद्यालयसमेतको नाममा जारी गरेको अन्तरिम आदेशमा भनिएको छ । शनिबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ जेठ ४ शनिवार ०७:२७ मा प्रकाशित