
४ जेठ, भक्तपुर । नर्स विरामीको आन्दोलनका कारण भक्तपुरस्थित सहिद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा अस्तव्यस्त बनेको छ । अस्पतालमा कार्यरत नर्सहरु आफूहरुले सेवाबाट हटाउन नपाइने माग राखेर आन्दोलन गरिरहेका छन् भने विरामीका आफन्तहरु नर्सहरुको आदोलनका कारण सेवा प्रभावित भएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
श्री मिर्गौला पीडित सरोकार समाज नेपालका अध्यक्ष बलराम सुवेदीले नर्सहरुको आन्दोलनका कारण सयौं बिरामी प्रभावित भएको भन्दै बिरामीको सेवा अवरुद्ध नगर्न माग राखी आफूहरु आन्दोलनमा उत्रिएको बताए । अत्यावस्यक उपचार सेवामा असर पर्ने गरी आन्दोलन गर्न नहुने उनीहरुको तर्क छ । इमरजेन्सी बाहेकको सबै सेवा प्रभावित भएपछि बिरामी मर्कामा परेको उनको भनाई छ । आन्दोलनरत समाजले सरोकारवाला निकायको सातबुँदे माग बुझाइसकेको छ । उपचार सेवा प्रभावित हुन नहुने, करारमा कामगर्न नर्स कर्मचारीहरुको मागबारे अध्ययन गरी कानुन बमोजिम न्याय पाउनुपर्नेलगायत माग उसले राखेको छ । शनिबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ जेठ ४ शनिवार ०७:३९ मा प्रकाशित




























