
४ जेठ, काठमाण्डौं । संघ र प्रदेश सांसद तथा महानरगपालिका, नगरपालिका, गाउँपालिका र वडाका प्रमुख तथा अध्यक्ष र सदस्य गरी देशभरी कूल ९४२ पद रिक्त छन् । तर, निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेल सांसद र स्थानीय तहका प्रमुख तथा अध्यषको मात्रै उपनिर्वाचन गर्न सक्ने व्यवस्था रहेको बताउँछ ।
‘हामी संघ र प्रदेश सांसद तथा उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाका प्रमुख तथा अध्यक्ष पदको मात्रै उपनिर्वाचन गराउन सक्छौं । संघीय सांसदको एक, प्रदेश सांसदको तीन, उपमहानगर प्रमुख एक, गाउँपलिका प्रमुख तीन र वडा अध्यक्षका लागि ४६ पदमा उपनिर्वाचन गराउनुपर्नेछ,’ प्रवक्ता खरेलले भने, ‘ स्थानीयतहमा खुल्ला महिला र दलित गरी अन्य आठसय ९६ सदस्य पद परि रिक्त छन् । तर,यी पदमा उपनिर्वाचन गराउने संबधानिक अधिकार छैन ।’
उनका अनुसार निर्वाचनका बेला उम्मेदवारी नपरेर यी धेरै पद पहिल्यैदेखि खाली छन् । अन्य कारणले खाली भए पनि सदस्य पदको उपनिर्वाचन गराउने संबैधानिक व्यवस्था छैन । संविधानको धारा २१६ मा स्थानीय तहका प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको कार्यकाल एक वर्षभन्दा बढी बाँकी छँदै मुृत्यु भए उपनिर्वाचन गर्नुपर्ने अवस्था छ । शनिबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७६ जेठ ४ शनिवार ०८:०२ मा प्रकाशित




























