back

द झुण्डिएको लालको विन्ति-पत्र !

वि.सं.२०७६ जेठ ४ शनिवार

654 

shares

दैनिक तपाईका जुत्ता
जिब्रैले चाटेर टल्काउँला मालिक
हजुरको आदेश नपाई
शौच पनि नगरौंला
हजुरको जय जय नगरी
हरेक विहान पानी पनि नपिउँला
यो झण्डाको त के भर भयो र मालिक
यो त देखाउँनको लागि न हो
सत्य सत्य भगवान कसम मालिक
मलाई हजुरको आजीवन दास बन्ने रहर छ
मलाई तथास्तु भनिदिनोस् मालिक !

बर्गका कुरा अव
उहिलैका कुरा भैसके मालिक
ती खुइलिएर खलपत्र भैसके
हजुरको आकास छुने दरवारकै नजिक
एउटा झुप्रो हाल्न पाऊँ मालिक
सेवामा हाजिर हुन पनि नजिक पर्छ
हजुरलाई पनि नजिक पर्छ
मलाई पनि सजिलो हुन्छ
म त हजुरको हातको लौरो न हु मालिक
झट्टी हान्नु पर्दा काम लाग्छ
लौरोलाई नजिकै राख्नोस् मालिक !

हजुरका जस्तै मेरा पनि
श्रीमती छन्, छोरा छोरी छन्
शशुराली छन, साला साली छन्
दाजु भाइ छन सगोत्री छन्
हजुरकै परिवारलाई जत्रो त किन भनौंला र
यसो गौंडा गल्थामा अल्झाउँनु थियो मालिक
मैले माओ भने पनि हजुर
मैले मालिक भने पनि हजुर
कमरेड भन्न लाज लाज लाग्छ
लालसलाम भन्दा नमस्कार नै प्यारो लाग्छ
हजुरको मन बुझेर भनेको हुँ मालिक
अर्को पटक के हो कसो हो
यहीं पटक नबिर्सनुस् मालिक
यसो म पनि केही तरक्की गर्न पाऊँ
मर्ने वेलामा पनि
मालिक सम्झेर मर्न पाऊँ
हजुरलाई संझने को नै छ र अरु ?
म नै त हुँ परम भक्त
विन्ति मालिक
हजुरको दिसा पनि धोउँला
गर्नु नगर्नु जम्मै गरौंला
यो द झुण्डिएको लाललाई दया गर्नुस् मालिक !

सुवर्ण चोक, भक्तपुर

वि.सं.२०७६ जेठ ४ शनिवार १०:२१ मा प्रकाशित

Himalayan Life AD
आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सबै राजनीतिक दलहरुलाई सिंहदरबार...

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

जनकपुरधाम । सिरहामा डाँका समूहको गोली प्रहारबाट दुई जना गम्भीर...

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

भक्तपुर । यहाँस्थित डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...