Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

गजल

राज गुरुङ, अष्ट्रेलिया


सबथोक पाईन्छ किन्न, छोडेरे बा-आमा !!
रहर थिएन बिदेश हिन्न,छोडेर बा-आमा !!

धेरै गारो एक पल,एक दिन,बर्ष,कटाउन
अब यसरी धेरै बसिन्न,छोडेर बा-आमा !!

गुमाए झै लाग्छ सबथोक, लाग्दैन पाए झै
हरेक दिन यसरी भिन्न, छोडेर बा-आमा !!

अग्ला महल र रंगिन,दुनियाँमा रम्दैन मन
उता सानो झुपडीमा खिन्न, छोडेर बा-आमा !!

सधैं सधैं यि मान्छेहरु,मन्दिर धाइरहन्छन्
घरमै भएको भगवान चिन्न,छोडेर बा-आमा !!

ए साथी यो याद पनि,यसरी आउँदो रहेछ
सम्झी रुन्छन जातो पिन्न,छोडेर बा-आमा !!

सबथोक पाईन्छ पन्नि,छोडेरे बा-आमा !!
रहर थिएन बिदेश हिन्न,छोडेर बा–आमा !!
#डियर_जीन्दगी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा केही भू–भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट