back

कविता : नयाँ वर्ष

वि.सं.२०७६ जेठ ४ शनिवार

1.5K 

shares

 

केही थान रहर,केही थान आशा
केही गाँस भोक, केही थान कपास
चुहिएको छानाको जोहो
बस न्यून आधारलाई थेग्न
मात्र एकसरो भरोसा बोकेर
सुस्ताउँदै छ नयाँ वर्ष

कहिले भूकम्पले चर्काएको मन
कहिले बाडीले बगाएको विश्वाश
कहिले हुरीले उडाएको सपना
एक माथि एक चाङ् लगाउँदै
अस्तव्यस्त भएको भरोसा तुन्दै
एउटा नयाँ आयाम
शायद बन्दै छ नयाँ वर्ष
लम्बाइ चौडाइ नमिलेको सम्वृद्धिको आयतन भित्र
रोपिन्छ बालुवामा सुशासनका अवधारणा
घोपिन्छ आस्थामा बिखन्डनका छुरा
अनि बलात्कृत हुन्छन् मन्दिर पुजारीबाट
लुटिन्छ फूलको वासना बागबाट
र निस्सासिन्छ माटो
तर
आवाज बिहिन निमुखाहरुको भिडमा
एउटा चर्को आवाज निरन्तर चिच्याउँछ
नयाँ वर्ष नयाँ आयाम बोकेर आउँछ
सम्वृद्धि र सुशासन बोकेर आउँछ
अनि
निःशब्द दुखेका घाउ सुम्सुमाउदै
अनयासै बगेका सपना पुछ्दै
हाँसोको अभिनय गर्छ
नयाँ वर्ष

वि.सं.२०७६ जेठ ४ शनिवार १०:३५ मा प्रकाशित

Himalayan Life AD
झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ १. समृद्धि ल्याउँछु भनी गफैमा...

कविता : खोल्ने भएछन् दल

कविता : खोल्ने भएछन् दल

घनश्याम पौडेल, पोखरा, कास्की राम्रा मानिस सर्दछन् पर अझै पर्ला...

कविता : मणिकल्प

कविता : मणिकल्प

चन्द्रमणि अधिकारी (अभिनव व्यास) तनहुँ, नेपाल छु ल्याएको हाँस्दै अभिनव...

कविता : धरतीको आत्मावाणी

कविता : धरतीको आत्मावाणी

यम रेग्मी, दाङ मेरो यो तनमाझ भ्रष्ट जनले पारे अनेकौं...

कविता : आखिर जल्नै पर्छ

कविता : आखिर जल्नै पर्छ

विदुर अधिकारी,चितवन तेरो मेरो भन्दै जीवन, तिक्त बनायौँ भवमा स्वार्थी...

कविता : माटाको आग्रह

कविता : माटाको आग्रह

हृषीकेश बराल,पोखरा –२६ कास्की मेरो जीउ जिमी मरुस्थल भयो चीत्कार...