
के भएकिन रि’साकी ?–बाख्रीले केही नबोले पछि खसीले सोध्छ ।
पानी तताएको, खुकुरीमा शान ल’ गाको यो आँखाले देखेर कसरी पो के बोल्नु ?–गहभरि आँसु झार्दै बाख्रीले भन्छे ।
सम्झाउँदै खसीले भन्छ–के गर्छेस त ? हाम्रो जुनीनै यस्तै हो । मान्छे काल आए पछि मर्छ । हामी चाही काटिनु पर्ने ।
यस्तै हाम्रो जुनी हो भनेर मन थमाएर बस्नु । मलाई सम्झेर सधैं नरुनु है–बाख्रीलाई सुमसुमाउँदै खसीले भन्छ ।
कस्तो हो हाम्रो जुनी ?–भक्कानिदै बाख्रीले सोध्छ । कसले सुन्छ र बुझ्छ तिम्रो मनको वेदना–बाख्रीको आँसु जिव्रोले चाट्दै खसीले भन्छ । हाम्रो पनि जीवन हैन र ? हाम्रो मुटु हुन्न र ? हाम्रो माया हुन्न र ?–भक्कानिदै बाख्रीले सोध्छ । के गर्ने ? भागेर जाउँ पनि कसरी ? घाँटीमा डोरीले बाँधेको छ । विछोड्ने बेलामा तिमी रोएको देखेर झन् यो मन छियाछिया भएर दुखेर आउँछ ।
न रोउ’न–सकि नसकि खसीले बाख्रिलाई सम्झाउँदै भन्छ । कसरी यो मन थमाएर पो बस्नु–रुँदै मुन्टो फर्काउँदै बाख्रीले सोध्छ ।
यस्तै हाम्रो जुनी हो भनेर मन थमाएर बस्नु । मलाई सम्झेर सधैं नरुनु है–बाख्रीलाई सुमसुमाउँदै खसीले भन्छ ।
यत्तिकैमा एक जना मान्छे आएर डोरी खोलेर खसीलाई लिएर जान्छ । खसीले सकी नसकी मुन्टो फर्काएर बाख्री तिर हेर्दै जान्छ । अनुहार आँसुले रुझाउँदै बाख्रीले नजरबाट ओझेल नहुन्जेलसम्म खसीलाई घिसारेर लगेको हेरिरहन्छ ।
यो लघु कथाको पुर्ण अधिकार लेखकमा सुरक्षित रहने छ । लेखकको अनुमती बिना कहिं कतै प्रकाशित नगरिदिनु होला ।
वि.सं.२०७६ जेठ ४ शनिवार १०:४५ मा प्रकाशित




























