back

दोर्पाचिउरीडाँडाका घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

वि.सं.२०७६ जेठ ४ शनिवार

504 

shares

४ जेठ, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले हरेक घरमा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी पम्प्लेट टाँसेको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो तथा उपलब्धीमूलक बनाउने उद्देश्यले ७ नम्बर वडास्थित दोर्पाचिउरीडाँडाका सम्पूर्ण घरमा उक्त सन्देश उल्लेखित पोष्टर टाँसिएको हो ।

पोष्टरमा सकेसम्म स्वदेशमै रोजगारी गरौँ, यदि विदेश जाने नै भए सही सूचना र सीप लिएर मात्र जाऔँ’ भन्ने सूचनासहितको सामग्री ६१० घरको भित्ताभित्तामा टाँसिएको छ । वडाबाट परिचालित स्वयंसेवक मानबहादुर भुजेलका अनुसार उक्त सन्देशमूलक सामग्रीमा वैदेशिक रोजगारमा जान तयार युवाका लागि आवश्यक पर्ने सूचना तथा जानकारी पनि दिइएको छ ।

सन्देश सामग्रीमा सीप तालीमको महत्व, आवश्यक कागजपत्र, सुरक्षा, भर्पाइ तथा प्रमाण, पुनः श्रम स्वीकृति, नेपालकै विमानस्थल प्रयोग गर्न र अप्ठ्यारो पर्दा सहयोग गर्ने संस्थाको बारेमा जानकारी गराइएको छ । यसबाहेक अन्य प्राविधिकलगायत जानकारीमूलक सूचना तथा सन्देशसमेत उक्त पर्चामा उल्लेख गरिएको छ ।

वडा कार्यालयको यस्तो गतिविधिले वैदेशिक रोजगारीमा जाने युवा सुरक्षित हुन मद्दत र्पुयाउने आप्रवासी स्रोत (सूचना) केन्द्र दिक्तेल शाखाले जनाएको छ । यस्ता सूचना तथा सन्देश जिल्लाका सबै स्थानीय तहका सबै वडाले प्रयोगमा ल्याउनु आवश्यक देखिएको ऊक्त केन्द्रका कार्यत्रम संयोजक ओजोनबाबु आचार्यले बताए । हरेक घरमा यस्तो सूचना र्पुयाइएपछि परिवारका सदस्य तथा आफन्तले कम्तीमा पनि उक्त सूचना आफैँ हेर्ने वा सुन्ने र प्रयोगमा ल्याउने हुनाले यसले वैदेशिक रोजगारमा जाने युवालाई सुरक्षित बनाउने उनको भनाई थियो ।

यसैबीच खोटाङस्थित केपीलासगढी गाउँपालिकाले वैदेशिक रोजगारीसम्बन्धी प्रोफाइल निर्माण गर्न लागेको गरेको छ । गाउँपालिकाभित्र वैदेशिक रोजगारको अवस्थासम्बन्धी सम्पूर्ण जानकारी समेटी त्यसलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमूलक बनाउने उद्देश्यले प्रोफाइल निर्माण गर्न लागिएको बताइएको छ ।त्यसका लागि गाउँपालिकाभित्र रहेका सातै वडामा एकै साथ तथ्याङ्क सङ्कलन शुरु गरिएको र सोही तथ्याङ्कको आधारमा प्रोफाइल तयार गरिने कार्यक्रम संयोजक आचार्यले जानकारी दिए ।

वि.सं.२०७६ जेठ ४ शनिवार ११:५२ मा प्रकाशित

Himalayan Life AD
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको...

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौँ । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन...