back

हतारमा आन्दोनका कार्यक्रम नगर्न सांसद शर्माको आग्रह

वि.सं.२०७६ जेठ ४ शनिवार

582 

shares

४ जेठ, काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले प्रेसमाथि अङ्कुश लगाउने कुनै पनि विधेयक सङ्घीय संसद्बाट पारित हुन नदिइने प्रतिबद्धता जनाएका छन् ।

रिपोटर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा नेताहरुले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयक–२०७५ माथि अझै पनि विज्ञसँग छलफल गर्न सकिने र प्रतिनिधिसभा, राष्ट्रियसभा र समितिमा छलफल हुनबाँकी रहेको हुँदा हतारमा आन्दोलनका कार्यक्रम नगर्न आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता दिनानाथ शर्माले भने, “तपाईहरु ढुक्क हुनुहोस, संविधानको प्रस्तावनामै उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रता विरुद्ध कुनै पनि प्रेस सम्बन्धी कानून आउँदैन ।”

नेपाली काङ्ग्रेसका नेता अर्जुननसिंह केसीले संविधानको प्रावधान, व्यवस्था र भावनाको प्रतिकूल हुने गरी सरकारले सञ्चार सम्बन्धी कानून र मिडिया काउन्सिल सम्बन्धी विधेयक ल्याएको भन्दै आपत्ति जनाए । उनले पछिल्लो पटक भ्रष्टाचार मौलाउँदै गएकाले संलग्न जुनसुकै व्यक्ति वा जुनसुकै पार्टीको भए पनि छानबिन गरी कारवाही गर्न सरकार समक्ष आग्रह गरे ।

समाजवादी पार्टी नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले मर्यादित र शिष्ट हुन पत्रकार र पत्रकारिता क्षेत्रलाई अपिल गरे । आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा रहेको उल्लेख गर्दै उनले पत्रकारिताका नाममा कसैको मुखपत्र नहुनसमेत पत्रकारलाई आग्रह गरे ।

वि.सं.२०७६ जेठ ४ शनिवार १८:०६ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्रीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

प्रधानमन्त्रीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता...

बिहान चाडै उठाइदिन भनेका अभिनेता सुनिल थापा सदाका लागि अस्ताए

बिहान चाडै उठाइदिन भनेका अभिनेता सुनिल थापा सदाका लागि अस्ताए

काठमाडौँ । अभिनेता सुनिल थापाको आज ६८ वर्षको उमेरमा निधन...

चौतिस उम्मेदवारले बुझाए निर्वाचन आयोगमा स्पष्टिकरण

चौतिस उम्मेदवारले बुझाए निर्वाचन आयोगमा स्पष्टिकरण

काठमाडौँ । आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेकामध्ये...

आयोगद्धारा १८१ वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकमाथि कारबाही सिफारिस

आयोगद्धारा १८१ वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकमाथि कारबाही सिफारिस

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु

पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगर–१३ राधेमाईस्थित कर्बाेला अगाडि मोटरसाइकल पार्किङको...

निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ...