
५ जेठ, काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ३५ घातक रोग विरुद्ध सुरक्षा प्रदान गर्ने भएको छ । यसअघि ११ वटा घातक रोग विरुद्ध दस लाखसम्मको आर्थिक सुरक्षासहितको सुविधा दिँदै आएको इन्स्योरेन्सले थप योजना सार्वजनिक गरेको हो ।
योजनाअन्तर्गत क्यान्सर लगायत ३५ वटा घातक रोगविरुद्ध ५० लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा योजना सार्वजनिक गरेको हो ।
कम्पनीले हाल प्रचलनमा ल्याएका जीबन बीमा योजनाहरुसँग ऐच्छिक सुविधाको रुपमा लिन सकिने जनाएको छ । न्यूनतम १८ वर्ष देखि ४५ वर्षसम्मका व्यक्तिहरुलाई योजनामा समेटिने बताइएको छ भने यो योजनाको अधिकतम अवधि २० वर्ष तोकिएको छ ।
योजनाले कुनै पनि नेपालको घातक रोगका कारण समयमा उपचार हुन नपाई अकालमा हुने मृत्यबाट बचाउन र उपचार खर्चको बोझका कारण घरबार समाप्त भई भविष्यका सन्तितहरुलाई समेत समस्या नपरोस भनेर यो योजना ल्याइएको इन्स्योरेन्सका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले बताए ।
वि.सं.२०७६ जेठ ५ आइतवार ०८:३४ मा प्रकाशित




























