back
CTIZAN AD

विषादी अनियन्त्रित बजारका कारण मानव स्वास्थ्यमा गम्भीर असर

वि.सं.२०७६ जेठ ५ आइतवार

576 

shares

५ जेठ, गलेश्वर । दैनिक उपभोग्य वस्तु अनुगमनको अभाव, बढी उत्पादन गर्ने र धेरै पैसा कमाउने मोहमा कृषकले तरकारी तथा फलफूलमा जथाभावी प्रयोग गर्ने विषादी तथा अनियन्त्रित बजारका कारण मानव स्थास्थ्यमा गम्भीर असर परेको छ ।

बजारमा उपभोग गर्नका लागि सम्बन्धित कम्पनीले निर्धारण गरेको उपभोग्य म्याद नाघेका खाद्य पदार्थ, कृषकले विषादी प्रयोग गरी उत्पादन गरेका तरकारी तथा फलफूललगायत विना मापदण्ड खुलारुपमा बजारमा बिक्री भइरहेका मासुजन्य पदार्थका कारण उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको सरोकारवालाले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको ‘नसर्ने रोग र यी रोगबाट बच्ने उफाय’ विषयक अन्तरक्रिया कार्यत्रममा सहभागी सरोकारवालाले अनियन्त्रित बजारका कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको बताएका हुन् ।

स्वास्थ्य कार्यालयका प्रमुख भीम आचार्यले बजारमा उपभोग्य म्याद नाघेका दैनिक उपभोग्य वस्तु महङ्गो मूल्य तिरेर खान उपभोक्ता बाध्य भएको बताउँदै विशेषगरी खाने तेल, मैदा, पीठो, अण्डा, मासु, तरकारी, फलफूललगायतका चिजबाट नसर्ने रोग (जस्तै मुटुरोग, मधुमेह,उच्च रक्तचाप नसासम्बन्धी रोग) बढी मात्रामा देखिने गरेको बताए । खानपानमा असावधानी, तनाव र व्यस्त दैनिकीका कारण सर्ने रोगको तुलनामा नसर्ने रोगबाट मानिस बढी पीडित हुन थालेका आचार्यको भनाइ थियो । त्यसैगरी बेनी नगरपालिका–६ का अध्यक्ष एवं नगरपालिकाका कृषि संयोजक कृष्ण बानियाँले खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको अनुगमन र निरीक्षण नगरिँदा बजार अनियन्त्रित बन्दै गएको र त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने गरेको बताए ।

नागरिक समाजका अध्यक्ष सुदर्शनकुमार श्रेष्ठले भने, ‘एक बिहान म घुम्न निस्कँदा कालीगण्डकी माथिको पुलबाट एक डोका बन्दाकोभी नदीमा फाल्दै गरेको देखेँ, मैले बन्दा नदीमा फाल्दै गरेका कृषकलाई सोधेँ, हैन यसरी फाल्नुभन्दा त घरमा लगेर गाईवस्तुलाई खुवाउँदा हुन्थ्यो नि, ती कृषकले भने, “गाईवस्तुलाई खुवाउनु हुँदैन, यसमा हामीले विषादी हालेर बजारमा बेच्न ल्याएका हौँ”, श्रेष्ठको यो भनाइ सुनेर कार्यक्रममा सहभागी सम्पूर्ण सरोकारवाला पेट मिचीमिची हाँसे ।
बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले आफ्नो भनाइ राख्ने क्रममा उपभोक्ता र व्यापारी दुवै सचेत र इमानदार नहोउञ्जेलसम्म मानव स्वास्थ्यमाथिको यो खतरा टार्न नसकिने बताए ।

कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घ र सरोकारवालाको सहयोग लिएर बजारलाई नियन्क्रित गर्ने र अखाद्य वस्तुहरु बित्री गर्ने व्यापारीलाई कारवाही गरिने बताए ।

वि.सं.२०७६ जेठ ५ आइतवार १०:५६ मा प्रकाशित

Himalayan Life AD
फेवातालमा कार खस्दा २४ वर्षीय युवकको मृत्यु

फेवातालमा कार खस्दा २४ वर्षीय युवकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक...

यी हुन् कास्कीका ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल

यी हुन् कास्कीका ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल

गण्डकी । कास्की जिल्लामा आसन्न निर्वाचनमा ५६ अति संवेदनशील र...

पाथीभरा दर्शनपछि चुनावी परामर्शमा प्रधानमन्त्री कार्की

पाथीभरा दर्शनपछि चुनावी परामर्शमा प्रधानमन्त्री कार्की

फुङ्लिङ (ताप्लेजुङ) । प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा अवस्थित पाथीभराको दर्शन...

जसपाको घोषणापत्र सार्वजनिक

जसपाको घोषणापत्र सार्वजनिक

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य...

भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी हुँदैन ः गृहमन्त्री अर्याल

भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी हुँदैन ः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ,...

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मकः राष्ट्रपति

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मकः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय...