३ जेष्ठ । सिंगापुरमा जुलाई २१ देखि २८ (श्रावण ५–१२)सम्म हुने टि २० बिश्वकप एसियाली फाइनल छनोट प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल श्रावण ७ गते कतार विरुद्ध खेल्दैछ ।
प्रतियोगितामा नेपाल सहित सिंगापुर, मलेसिया, कतार र कुवेत गरि ५ टिम सहभागी हुने उक्त प्रतियोगितामा नेपालले दोस्रो खेल मलेसिया, तेस्रो कुवेत र चौंथो सिंगापुरसँग खेल्ने तालिका तय भएको छ ।
एसियाली फाइनल छनोट खेलबाट १ टिम ग्लोबल क्वालिफायरमा पुग्नेछ । युएई ग्लोबल छनोटको आयोजक भएकोले सिधै ग्लोबल छनोटमा प्रवेश गरेको छ।
प्रतियोगिताका सम्पूर्ण खेल इण्डियन एसोसिएसन क्रिकेट मैदानमा हुनेछन्। नेपालले खेल्ने सबै खेलहरु स्थानीय समय अनुसार १० बजेबाट सुरु हुनेछन्।
वि.सं.२०७६ जेठ ५ आइतवार १२:०३ मा प्रकाशित



























