
५ जेठ । संसारको सबैभन्दा बढी धनी गु्रुम्पि नामक बिरालाको मृत्युको खबर यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । १ सय मिलियन डलरको धनि गु्रम्पीको साढे सात वर्षको उमेरमा शुक्रबार निधन भएको हो । ग्रुम्पका मालिक तविता बण्डसनले पिसाब सम्बन्धि रोगबाट ग्रस्त रहेको जनाएका छन् । तर उसको मृत्युलाई रहस्मय भनिएको छ ।
आँखीभौ खुम्याउन र नाक खुम्याउन निकै चर्चित ग्रुम्पीले धेरैको अनुहारमा खुसी ल्याउन सहयोगी रहेको भनिएको छ ।
।
ग्रुम्पीका बारेमा विभिन्न पुस्तकहरु प्रकाशित भएका छन् भने क्रिस्मस चलचित्रसमेत बनेको छ । एरिजोनाबाट ल्याइएको ग्रुम्पीको वास्तविक नाम टर्डर सस हो । सन् २०१२ मा सामाजिक सञ्जालमा आएको उसको फोटो निकै चर्चित बनेको थियो । ग्रुम्पीको नाममा स्थापना भएको ग्रुम्पी क्याट लिमिटेडले ग्रुम्पीको तस्विरका कारण युएस कफी कम्पनीले सम्झौता बढाएको थियो ।
Some days are grumpier than others… pic.twitter.com/ws209VWl97
— Grumpy Cat (@RealGrumpyCat) May 17, 2019
वि.सं.२०७६ जेठ ५ आइतवार १२:५८ मा प्रकाशित