back

किशोरीलाई महिनावारी सुरक्षा र प्याड बनाउने तालीम

वि.सं.२०७६ जेठ ५ आइतवार

471 

shares

५ जेठ, हुम्ला । नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा  महाबौद्ध मावि याल्वाङमा अध्ययनरत ८१ किशोरीलाई महिनावारी हुँदा स्वास्थ्य रहनुपर्ने तरिका तथा प्याड बनाउन एकदिने तालीम दिइएको छ ।

महिलालाई महिनावारीको समयमा  सुरक्षित राख्नका लागि पहिलोपटक उक्त गाउँपालिकाको वडा नं ५ मा रहेको महाबौद्ध माध्यामिक विद्यालयमा अध्यायनरत माविस्तरका किशोरी र अन्य किशोरीलाई महिनावारीमा सुरक्षित रहन र प्याड बनाउने तालीम दिएको स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले जानकारी दिए  ।

अधिकांश गाउँमा महिलाले लाजमान्दै रोग लुकाउने गर्दा पछि नराम्रो परिणाम नराम्रो आउने भएकाले लाज नमानी आफूलाई लागेको रोगका बारेमा जानकारी गराउन आग्रह गर्दै उनले विकृति, विसङ्गति र अन्धविश्वास अन्त्य गर्न पहल गरिने बताए । हरेक किशोरी तथा प्रौढ महिलामा  महिनावारीमा सुधार ल्याउनुका साथै  सरसफाइमा ध्यान दिन लगाइ उनीहरुको गरिमा र आदर बढाउन तालीम आयोजना गरिएको स्वास्थ्य शाखाका सहसंयोजक दानबहादुर बोहोराले बताए ।

वि.सं.२०७६ जेठ ५ आइतवार १४:३१ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

काठमाडौँ । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र...

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

त्रिवेणी (नवलपरासी) । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित गोलपोखरी पर्यटकीय गन्तव्यस्थल...

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै तरकारी उत्पादनमा...

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा...

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुरमा पशुमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि एक महिनासम्म...

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ...