
५ जेठ, काठमाण्डौं । नेपालको पर्यटन प्रवद्र्धनलाई लक्षित गरी हिमालयन बैंक, नेपाल, पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसको सहकार्यमा “ ‘एक्स्पेरियन्स नेपाल’ अभियान शुभारम्भ भएको छ ।
यस अभियानको मुुख्य उद्देश्य अमेरिकन एक्सप्रृेस कार्ड प्रयोगकर्ता विदेशी पर्यटकहरूलाई नेपाल भ्रमण गर्न र यहाँको मौलिकता, विविधता र प्राकृतिक सौन्दर्यताको अनुभुति गर्न अभिप्रेरित गर्ने रहेको बताइएको छ ।
यो अभियान अवधिमा नेपाल घुम्न आउने अमेरिकन एक्स्प्रेस कार्डधारी पर्यटकहरूले नेपालमा विभिन्न सुविधाका साथै हिमालयन बैंकको ८० प्रतिशत भन्दा बढि मर्चेन्ट पार्टनरहरू जसमा होटल, रेष्टुँरा, साहसिक खेल पर्यटन, स्थानिय कलाकृति खरिदमा विशेष छुटहरु प्राप्त गर्न सक्ने बताइएको छ ।
यो “एक्स्पेरियन्स नेपाल” अभियान सन् २०२० जुन महिना सम्म चल्ने छ । नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्स्पे्रसद्घारा आ–आफ्नो तर्फबाट विभिन्न देशहरूमा यो अभियान बारे प्रचार–प्रसार र प्रर्वद्घन गरिने बताइएको छ । साथै हिमालयन बैंकद्घारा पनि यो अभियान अवधिभर आफ्नो वेवसाइट, सोसियल मिडियाका माध्यमबाट प्रचार प्रसार गरिने बताइएको छ ।
पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको उक्त कार्यक्रममा अमेरिकन एक्स्प्रेसका दिव्या जैनले नेपाल पर्यटन बोर्ड र हिमालयन बैंकसगँको सहकार्यमा एक्सपेरियन्स नेपाल अभियान संचालन गर्न पाउँदा खुशी व्यक्त लागेको बताए । उनले यस अभियानले अमेरिकन नेपालमा पर्यटन प्रवद्घनका साथै स्थानिय व्यवसायलाई प्रोत्साहन मिल्ने समेत बताएका थिए । अभियानका कारण अमेरिकन एक्स्प्रेस कार्ड प्रयोगकर्तालाई नेपाल घुम्न उत्प्रेरणा मिल्ने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
सोही अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले अमेरिकन एक्स्प्रेस र हिमालयन बैंकसँग एक्स्प्रेरियन्स नेपाल अभियानमा नेपाल पर्यटन बोर्डको सहकार्यले पर्यटन प्रवद्र्घनका लागि उत्साह मिलेको बताए । एक्स्प्रेरियन्स नेपाल २०१९ अभियानले नेपालको भ्रमण वर्ष २०२० अन्तर्गत नै पर्यटकहरूलाई जीवनको अविस्मरणमीय अनुभुति गराउँने उद्देश्य लिएको पनि बताए । उनले यस सहकार्यबाट अमेरिकन एक्स्प्रेसका प्रीमियम कार्ड प्रयोगकताहरु माँझ नेपालका पर्यटन व्यवसाय पुग्ने विश्वास व्यक्त गरे ।
सोही अबसरमा हिमालयन बंैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले एक्स्प्रेरियन्स नेपाल अभियान पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेससगँको सहकार्यमा संचालन गर्नु विशेष रहेको बताए ।
उनले यस कार्यबाट नेपाल पर्यटक माझ प्रवद्र्घन हुने र नेपाल भम्रण वर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । सोही अवसरमा अमेरिकन एक्स्प्रेसका तर्फबाट कुरुष दस्तुरले यो अभियान अमेरिकन एक्स्प्रेसका तर्फबाट हिमालयन बैंक र नेपाल पर्यटन व्यवसाय प्रवद्र्घनमा विशेष सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।
वि.सं.२०७६ जेठ ५ आइतवार १५:५९ मा प्रकाशित




























