back

अब हुने भयो २०० रोपनी बाँझो जग्गा खेतीयोग्य

वि.सं.२०७६ जेठ ५ आइतवार

492 

shares

५ जेठ, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नं ४ स्थित बट्टारको सङ्गमचोकमा रहेको बाँझो जमीनलाई खेतीयोग्य बनाउने भएको छ । भूमिगत सिंचाइ डिभिजन कार्यालय धुलिखेलको आर्थिक तथा प्राविधिक सहयोग र विदुर–४ को समन्वयमा डिप बोरिङ सञ्चालनमा आएको छ ।

सङ्गमचोक, हावाघर, बसपार्कलगायत ठाउँमा रहेका खेतीयोग्य जमीन पानीको अभावले बाँझै रहेको थिए ।  सोही जग्गालाई खेतीयोग्य बनाउने लक्ष्यका साथ करीब रु ८० लाखको लागतमा बोरिङ सञ्चालनमा आउन लागेको हो ।

हाल आयोजनामा करीब २० लाख खर्च भने भइसकेको  विदुर –४ का वडाध्यक्ष टलकमान श्रेष्ठले बताए । “ हाम्रो यस ४ नम्बर वडामा पानीको दुःख थियो, पिउनलाई पनि पानी अभाव नै थियो भने अब खेतीपाती लगाउनलाई त सोच्नै सकिएन । त्यस समस्यालाई नै मध्यनजर गर्दै सिंचाइका लागि केन्द्रीय बजेटमार्फत भए पनि नागरिकलाई पानीको व्यवस्थापन गर्नु पहिलो प्राथमिकतामा  राखेर नै यो कामको थालनी गरेका हौँ ”, उनले भने ।करीब दुई सय रोपनी जग्गा बाँझो रहेकामा अब आयोजनाको काम २०७६ को पहिलो चौमासिकमै  सकिने उद्देश्य भएको जनाइएको छ ।

 

वडा कार्यालय–४ का अनुसार आयोजनामा पानी जम्मा गर्ने ओभरहेड ट्यांकी स्थापना, पाइप लाइन विस्तारलगायत काम रहेको बताइएको छ ।

वि.सं.२०७६ जेठ ५ आइतवार १६:४३ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...