back
CTIZAN AD

अपडेट – बस दुर्घटना : मृतकको सङ्ख्या आठ पुग्यो

वि.सं.२०७६ जेठ ५ आइतवार

714 

shares

५ जेठ, काठमाडौँ । झापाको काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिकाका ३५ वर्षीया सीता थपलिया, इलाम कन्यामका २० वर्षीय विशाल गिरी, थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, धादिङ बेनीघाट रोराङ गाउँपालिका–३ का ४३ वर्षीय राज आचार्य रहेका छन् । आचार्यको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै मृत्यु भएका प्रकाश श्रेष्ठ र शेखर मगरको ठेगाना खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमराज घिमिरेले बताए । दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते २९ यात्रुको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, गजुरी अस्पताल, आदमघाट अस्पताल, गल्छी अस्पताल तथा काठमाडौँको ट्रमा सेन्टर, मेडिसिट अस्पतालमा उपचार भइरहेको छ । ना ७ ख ४३८७ नं को बस सडक छेउको बारमा ठोक्किएर ६० मिटर तल त्रिशूली नदीमा खसेको हो ।

वि.सं.२०७६ जेठ ५ आइतवार २०:३८ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...