back

नयाँ बृहद् संयुक्त मोर्चाका उद्धेश्यबारे यसो भन्छन् नेता शर्मा

वि.सं.२०७६ जेठ ६ सोमवार

609 

shares

६ जेठ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायण शर्माले  नयाँ बृहद् संयुक्त मोर्चाको उद्धेश्य र अर्थबारे सातबुँदा प्रस्तुत गरेका छन् ।

शर्माका अनुसार उक्त संयुक्त मोर्चा नागरिक र जनस्तरको मोर्चा रहेको र त्यसले सडकबाटै सत्ता र शक्तिका हकभोग र हालीमुहालीकर्ताहरुलाई सुझाव–दवाव दिने, सावधान–सचेत पार्ने, पहरेदारी–खबर्दारी गर्ने अनि आक्रमण–हस्तक्षेप गरेर परिमार्जन–परिवर्तन ल्याउँने पनि एक उद्धेश्य रहेको बताएका छन् ।

१–यो संयुक्त त हो तर देश, जनता र समाजविरोधी विजातीय विचार, वर्ग, वृत्ती, व्यवसाय, विधि, विधान, व्यवस्था, व्यक्ति, शक्ति, संस्था र समूह विशेषको संलग्नता, सहभागिता, सहयोग र सुझाव स्वीकार्य हुँदैन ।

२-यो स्वतन्त्र त हो तर जनता, जनतन्त्र र राष्ट्रप्रति अनि आफ्ना घोषित विचार–विधान, मूल्य–मान्यता, नीति–नैतिकता र आस्था–आदर्शप्रती त पूर्ण प्रतिबद्ध मोर्चा हो ।
३-यो मोर्चा त हो तर सुरुदेखी अन्तसम्म संघर्षको मात्र मोर्चा होस् सत्ता प्राप्ती र संचालनको मोर्चा भने यो होइन ।

४- यो नागरिक र जनस्तरको मोर्चा हो जस्ले सडकबाट सत्ता र शक्तिका हकभोग र हालीमुहालीकर्ताहरुलाई सुझाव–दवाव दिने, सावधान–सचेत पार्ने, पहरेदारी–खबर्दारी गर्ने अनि आक्रमण–हस्तक्षेप गरेर परिमार्जन–परिवर्तन ल्याउने गर्दछ ।

५-यो सत्तापक्षीय मोर्चा त होइन, प्रतिपक्ष मोर्चा नै हो तर सत्तापक्षका गलत, गैरजिम्मेवार, गैरजवाफदेही, गम्भीर, र गतिहीन कामकार्वाहीहरुको समयमै टिका–टिप्पणी, आलोचना–समालोचना र विरोध–अवरोध हुँदा सत्तालाई सच्चिन र सुधार्न सहयोग पनि पुराउँछ ।
६-यो संघर्षको यस्तो प्रतिपक्षी मोर्चा हो जो सधै प्रतिपक्षमा रहेर सत्तापक्षलाई निरन्तर खबर्दारी मात्र गर्दछ तर स्वयं सत्तामा सहभागी वा साझेदार बन्दैन । यसमा संघर्षरत कुनै शक्ति वा व्यक्ती कथंकदा सहभागी भैहाले पनि यो मोर्चामा विचलन र विघटन आउदैन र सत्तामा सहभागी उक्त शक्ति वा व्यक्ति पनि मोर्चाको नियमित निगरानी, नियन्त्रण र हस्तक्षेपको दायरामा नै पर्दछ ।

७-यो सशक्त र निर्णायक संघर्ष गर्ने स्थायी मोर्चा हो । राज्यसत्ता रहेसम्म अर्थात वर्ग र पार्टीहरुरहेसम्म यो तिनमाथी अनुगमन र निर्देशन र नियन्त्रण गर्न आवश्यक पर्छ । यसका राज्यसत्ताका संरचना अनुरुपकै केन्द्रदेखी वडासम्म र आवश्यक परे गाउँ–टोलसम्म नै आफ्नो संयन्त्र–संजालका अङ्ग–प्रत्यङ्गस्वरुप विभिन्न संरचनाहरु हुनेछन् ताकी राज्यसत्ताका तत्–तत् स्तरका तहगत सत्ता–संरचनाहरुलाई सहजै प्रभावित गर्न सकियोस् ।

वि.सं.२०७६ जेठ ६ सोमवार ०९:०७ मा प्रकाशित

Himalayan Life AD
मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...