back

मौरीको घार वितरण

वि.सं.२०७६ जेठ ६ सोमवार

3.7K 

shares

६ जेठ, नुवाकोट । विदुर नगरपालिकाले नगरका मौरी व्यवसाय गर्ने किसानलाई आज मौरीको एक सय नौ घार वितरण गरेको छ । नगरपालिकाका १३ वटा वडामध्ये २, १० र ११ का किसानलाई कृषि अनुदान ५० प्रतिशतमा घार वितरण गरेको हो । उपप्रमुख गीता दाहालले नगरपालिकाले किसानलाई मौरीको घार र उन्नत जातका मौरी पनि संँगै दिएको जानकारी दिइन् । “किसानहरुलाई व्यावसायिक बनाउन पनि यस्ता कार्यक्रमको आवश्यकता रहेको थियो, उनले भनिन् “यसरी स्थानीयतहले किसानहरुलाई सहयोग गर्दा कृषि व्यवसायमा आकर्षण बढ्ने छ, युवाहरुको अझ बढी चासो हुनेछ भन्ने हामीले विश्वास पनि लिएका छौँ ।”

सो कार्यालयले मौरीको घारसहित उन्नत जातका मौरी, मौरीको टोकाइबाट बच्न लगाइने मौरीटोपी, पञ्जा र पाइलट प्रोजेक्टर पनि वितरण गरेको वरिष्ठ कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले बताऐ । शर्माले भने , “ मौरीपालन गर्ने किसानहरुका लागि नगरपालिकाले अनुदान मात्र दिएर हुँदैन, थप तालीमको आवश्यकता रहेको छ । हामी तालीमको पनि चाँडै व्यवस्थापन गर्नेछौँ ।” शर्माका अनुसार किसानका लागि मौरीबाट उत्पादित महको बजार व्यवस्थापन गर्न पनि नगरपालिकाले सहयोग गर्नेछ । किसानलाई ५० प्रतिशत छुट गरी रु १२ हजार चार सयमा मौरी र घार दिइएको उनले ले जानकारी दिए ।

वि.सं.२०७६ जेठ ६ सोमवार १७:०६ मा प्रकाशित

Himalayan Life AD
झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील

झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरखडाइ खुला

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरखडाइ खुला

दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खरखडाइ खु्ला...

गण्डकीमा महिलाको उम्मेदवारी कम

गण्डकीमा महिलाको उम्मेदवारी कम

गण्डकी । गण्डकी प्रदेशमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा...

बैतडी दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो

बैतडी दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो

दशरथचन्द (बैतडी) । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको...

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ । मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी...

जेनजी अभियान्ता भन्छन्ः निर्वाचन लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसर

जेनजी अभियान्ता भन्छन्ः निर्वाचन लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसर

काठमाडौँ । जेनजी अभियन्ताले आसन्न निर्वाचन मुलुकमा विधिको शासन र...