back

मौरीको घार वितरण

वि.सं.२०७६ जेठ ६ सोमवार

2.4K 

shares
GLOBAL IME AD
NTC AD

६ जेठ, नुवाकोट । विदुर नगरपालिकाले नगरका मौरी व्यवसाय गर्ने किसानलाई आज मौरीको एक सय नौ घार वितरण गरेको छ । नगरपालिकाका १३ वटा वडामध्ये २, १० र ११ का किसानलाई कृषि अनुदान ५० प्रतिशतमा घार वितरण गरेको हो । उपप्रमुख गीता दाहालले नगरपालिकाले किसानलाई मौरीको घार र उन्नत जातका मौरी पनि संँगै दिएको जानकारी दिइन् । “किसानहरुलाई व्यावसायिक बनाउन पनि यस्ता कार्यक्रमको आवश्यकता रहेको थियो, उनले भनिन् “यसरी स्थानीयतहले किसानहरुलाई सहयोग गर्दा कृषि व्यवसायमा आकर्षण बढ्ने छ, युवाहरुको अझ बढी चासो हुनेछ भन्ने हामीले विश्वास पनि लिएका छौँ ।”

सो कार्यालयले मौरीको घारसहित उन्नत जातका मौरी, मौरीको टोकाइबाट बच्न लगाइने मौरीटोपी, पञ्जा र पाइलट प्रोजेक्टर पनि वितरण गरेको वरिष्ठ कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले बताऐ । शर्माले भने , “ मौरीपालन गर्ने किसानहरुका लागि नगरपालिकाले अनुदान मात्र दिएर हुँदैन, थप तालीमको आवश्यकता रहेको छ । हामी तालीमको पनि चाँडै व्यवस्थापन गर्नेछौँ ।” शर्माका अनुसार किसानका लागि मौरीबाट उत्पादित महको बजार व्यवस्थापन गर्न पनि नगरपालिकाले सहयोग गर्नेछ । किसानलाई ५० प्रतिशत छुट गरी रु १२ हजार चार सयमा मौरी र घार दिइएको उनले ले जानकारी दिए ।

वि.सं.२०७६ जेठ ६ सोमवार १७:०६ मा प्रकाशित

बारामा एघार हजार मेट्रिकटन तेल उत्पादन

बारामा एघार हजार मेट्रिकटन तेल उत्पादन

कलैया (बारा) । यहाँका किसानले तेलहनखेती गरी ११ हजार दुई...

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना...

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि...

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट...