
अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको सम्पन्न निर्वाचन बाट अध्यक्ष पदमा सुनिल शाह बिजयी भएका छन् ।
गत मे १८ शनिबारका दिन बिहान ८ बजे सुरु भएको मतदान मे १९ आइतबार ११ः५९ मध्यरात सम्म मतदान चलेको थियो ।
आगामी २०१९ – २०२१ का लागि सम्पन्न निर्वाचनमा अमेरिकाको टेक्सास निवासी पेशाले अभियन्ता सुनिल शाह बिजयी भएका छन् ।
कुल ९ हजार १ सय ५७ मतदाता रहेका थिए । सुनिल शाहले ३ हजार ७ सय ११ मत ल्याई २०१९–२०२१ को एनआरएन अमेरिकाको लागि नेतृत्व लिन सफल भएका छन् ।
त्यस्तै अध्यक्षका प्रत्यासी सूर्य लम्सालले १ हजार ७ सय ९७ तथा संजय थापाले १ हजार ५ सय ५४ मत प्राप्त गरि उप बिजेता भएका छन् ।
यसै गरि वरिष्ठ उपाध्यक्षमा अर्जुन बन्जाडे ,मध्य क्षेत्रका लागि उपाध्यक्षमा बुद्धि सागर सुबेदी ,उत्तर पूर्वका लागि उपाध्यक्ष पदमा बाबु राम लामा (बिआर लामा) ,दक्षिण क्षेत्रका उपाध्यक्षमा कृष्ण जीबी पन्थ ,र पश्चिम क्षेत्रका लागी सर्बज्ञ वाग्ले निर्वाचित भएका छन् ।
महा सचिबमा पशुपति राज पाण्डे ,सचिवमा अमृत बाबु कट्टेल ,कोषाध्यक्षमा नेत्र प्रसाद पोखरेल बन्धु बिजयी भएका छन् । यसैगरी सहकोषाध्यक्षमा सन्तोष कुमार बिष्ट ,महिला संयोजकमा दिक्षा बस्नेत तथा युवा संयोजकमा बिनोद रुवाली बिजयी भएका छन् ।
यसै गरि संचालक समिति सदस्यहरुमा सत्य नारायण चौधरी ,चित्रा कार्की, धरम बिश्वकर्मा ,दुर्गा प्रसाद श्रेष्ठ, छत्र कुमारी गुरुङ, खिम बिक्रम भट्टराई, अम्मर बहादुर छन्त्याल ,चेत प्रसाद पौडेल, जीवन कुमार जोशी ,पदम बहादुर ठकुराठी ,बासुदेव अधिकारी, तिलक बहादुर केसी निर्वाचित भएका छन् ।
यसै गरि आई सीसी सदस्यमा जेदु पोखरेल, शंकर खड्का ,तृष्णा शर्मा,शिव राज पौडेल ,होमनाथ गौतम तथा स्वराज खाती बिजयी भएका छन् ।
बिगत बर्ष झैँ यसबर्ष पनि चरम विवादमा फसेपछि एनआरएन आईसिसीले समस्यालाई समाधान गरे पछि निर्वाचन सम्पन्न भएको थियो ।
वि.सं.२०७६ जेठ ७ मंगलवार ०९:५५ मा प्रकाशित




























