back

गाउँपालिकाद्धारा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

वि.सं.२०७६ जेठ ७ मंगलवार

546 

shares

७ जेठ, दाङ । दाङको  राजपुर गाउँपालिकाले  सुत्के रीलाई एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । जिल्लाको विकट क्षेत्र मानिने राजपुरमा घरमै बच्चा जन्माउने प्रचलन अझै नहटेकाले सुत्केरीलाई स्वास्थ्य संस्थामा पुग्न प्रोत्साहन गर्न निःशुल्क गर्न थालिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले बताए ।

“अझै पनि घरमै बच्चा जन्माउने चलन रहेकाले यसलाई न्यूनीकरण गर्न हामीले सुत्केरीलाई ल्याउन घरसम्मै एम्बुलेन्स पु¥याउने व्यवस्था गरेका हौँ,” उनले भने ।

अध्यक्ष केसीका अनुसार स्थानीय स्वास्थ्य चौकीमा सेवा लिन आउने र जानेका साथै बाहिर जिल्लासम्म लैजानका लागि पनि एम्बुलेन्स निःशुल्क गरिएको उनको भनाइ थियो । घरमै सुत्केरी हुँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्ने भएकाले यस्तो कार्य शुरु गरिएको उनको भनाइ थियो । उक्त गाउँपालिका मातृशिशु मृत्युदर उच्च रहेको क्षेत्र हो ।
सो गाउँपालिकामा रहेका दुईवटा स्वास्थ्य संस्थामा यस वर्ष २२६ ले बच्चा जन्माएकामा ४९ एम्बुलेन्समार्फत सुविधासम्पन्न अस्पतालमा पठाइएको  थियो । राजपुर स्वास्थ्य चौकीमा अहिले सम्म १३३ र बे ला स्वास्थ्य चौकीमा ९३ जनाले  बच्चा जन्माएका थिए ।

गाउँपालिकाले  एम्बुले न्स सेवा निःशुल्क गरे  पनि यो  सेवा उपभोग गर्नबाट विकट बस्तीका नागरिक भने  अझै बञ्चित छन् । मैले पनि सिटामोलका  लागि पनि तीन घण्टा पैदल हिँडेर सामुदायिक स्वास्थ्य एकाइ जानुपर्ने अवस्था रहेको स्थानीयवासीले गुनासो गरे ।

वि.सं.२०७६ जेठ ७ मंगलवार १३:४० मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...