७ जेठ, गोरखा । गोरखा नगरपालिका–१ ताप्लमा निःशुल्क स्वास्थ्य उपचार सेवा गाउँमै पाउन थालेपछि यहाँका ज्येष्ठ नागरिक खुशी भएका छन ।
गण्डकी प्रदेश सरकारद्वारा लागू गरिएको ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमअन्र्तगत गोरखामा सञ्चालित सो शिविरबाट निःशुल्क उपचार पाएपछि त्यहाँका ज्येष्ठ नागरिक खुशी भएका हुन ।
“मुटु, आँखा र कान जचाउन पाइयो, गाउँमै यसरी शिविर आएर वृद्धवृद्धाहरुलाई सेवा दिएकोमा खुशी लागेको छ”, गोरखा नगरपालिका–१ ताप्लेका तेजबहादुर खत्रीले भने , “यहाँका वृद्धवृद्धाहरुलाई शहरमा गएर उपचार गराउन समस्या हुँदै आएका थियो, अहिले शिविर राखेर गाउँ घर मै वृद्धवृद्धाहरुलाई स्वास्थ्य परीक्षण गराउन पाउँदा निकै सजिलो भएको छ ।”
सोमबार सम्पन्न भएको शिविरमा १५१ जना ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा लिएको ज्येष्ठ नागरिक समाज गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिए । शिविरमा ७० देखि माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।
वि.सं.२०७६ जेठ ७ मंगलवार १५:२७ मा प्रकाशित




























