back

लक्ष्मी बैंक गुलेरिया र तुल्सीपुरमा पनि पुग्यो

वि.सं.२०७६ जेठ ८ बुधवार

600 

shares

 

८ जेठ । लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा बर्दियाको गुलेरिया र दाङको तुल्सीपुरमा आफ्नो १०४ औँ र १०५ औँ शाखा संचालनमा ल्याएकोे छ । यी सँगै प्रदेश ५ मा बैंकको शाखा संख्या १२ पुगेको छ । यी शाखाहरुमार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको साथलक्ष्मी बैंकको संजाल ४७ जिल्लामा १०५ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १२७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमालगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवाविस्तार गर्दै आएको छ ।

यी शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास पनि लिएको छ ।

वि.सं.२०७६ जेठ ८ बुधवार १२:३६ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

तिला जलविद्युत् आयोजना : ३८ दशमलव ०७ बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

तिला जलविद्युत् आयोजना : ३८ दशमलव ०७ बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

एन आई सी एशियाले ल्यायो लकरमा विशेष छुट सुविधा

एन आई सी एशियाले ल्यायो लकरमा विशेष छुट सुविधा

काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई...