
८ जेठ । जेठ ६ गतेका दिन नेशनल बैंकिग ईन्स्टिच्यूट र ज्योति विकास बैंक बीच e-Examination सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार NBI ले त्रैमासिक रुपमा ज्योति विकास बैंकका ६०० कर्मचारीहरुको लागी Online Exam लिने भएको छ ।
यस सम्झौताले बैंकका कर्मचारीहरुमा अध्ययन गर्ने संस्कृती बसाल्न का साथै उनिहरुबिच बैंकिग ज्ञान बढाउने कुराको स्वस्थ प्रतिष्पर्धाको विकास हुने अपेक्षा बैंकको छ ।
सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट सहायक महाप्रबन्धक, रामहरी आचार्य र नेशनल बैंकिग ईन्टिच्यूटका तर्फबाट वरिष्ठ शैक्षिक प्रबन्धक, हरेन्द्रजंग थापाले हस्ताक्षर गरेका छन् ।
वि.सं.२०७६ जेठ ८ बुधवार १२:४३ मा प्रकाशित




























