back

बेलायतको उपमेयरमा काउन्सिलर लक्ष्यबहादुर गुरुङ

वि.सं.२०७६ जेठ ८ बुधवार

489 

shares

 

लन्डन । काउन्सिलर लक्ष्यबहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयरमा निर्वाचित भएका छन् । लन्डन बरो अफ बार्नेटको मंगलवार बसेको वार्षिक काउन्सिल बैठकले गुरुङलाई उपमेयर पदमा निर्विरोध निर्वाचित गरेको हो ।

सोहि बैठकले काउन्सिलर क्यारोलिन स्टकलाई मेयरको पदमा निर्वाचित गरेको थियो । यसैगरी कन्जरभेटिभ पार्टीबाट निर्वाचित काउन्सिलर डेनियल टोमस बार्नेट काउन्सिलका नयाँ नेता चुनिएका छन् ।

बार्नेट काउन्सिलले काउन्सिलरहरु मध्येबाट हरेक वर्ष नयां मेयर र उपमेयर चुन्ने गर्दछ । झन्डै चार लाख जनसंख्या भएको बार्नेट ब्रिटेनको सबैभन्दा बढी जनघनत्व भएको काउन्सिल पनि हो । उपमेयरमा निर्वाचित भए पछि सबैलाई धन्यवाद दिंदै गुरुङले भने, “मेरो मुख्य प्राथमिकता नेपाली समुदाय र बार्नेट काउन्सिलबीच सम्बन्ध बलियो बनाउनु हुनेछ । मैले उत्तरपश्चिम लन्डनमा बसोबास गर्ने नेपाली समुदायको लागि एउटा सामुदायिक केन्द्र उपलब्ध गराउने बारे प्रयास गर्नेछु । बेलायतको सबैभन्दा ठूलो तथा सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट पहिलो भूतपूर्व गोर्खा उपमेयर हुन पाउँदा म गौरवान्वित र सम्मानित भएको ठानेको छु ।’

ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजबाट सेवानिवृत्त गुरुङ सन् २००५ देखि सपरिवार बेलायतमा बसोबास गर्दै आएका छन् । उनकी श्रीमती शोभा, दुइ छोरी र एक छोरा छन् । उनी गत वर्ष कन्जरभेटिभ पार्टीको उम्मेदवारको रुपमा बार्नेट काउन्सिलको हेल वार्डबाट काउन्सिलर पदमा निर्वाचित भएका थिए।

बन्र्टओक नेपाली समाजका पूर्व अध्यक्ष गुरुङ नेपाली समुदायलाई उनले पुराएको सेवाको कदर स्वरुप बार्नेट सिभिक अवार्ड बाट सम्मानित पनि भएका थिए ।

वि.सं.२०७६ जेठ ८ बुधवार १४:३१ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...