back

चितवन महानगरपालिकाले महिला पोलिटेक्निक कलेज खोल्ने

वि.सं.२०७६ जेठ ८ बुधवार

357 

shares
GLOBAL IME AD
NTC AD

८ जेठ, चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) ले भरतपुर महानगरपालिका–२३ जगतपुरमा महिला पोलिटेक्निक कलेज खोल्ने भएको छ । कलेज सञ्चालनका लागि महानगरपालिकाले सरस्वती माध्यमिक विद्यालय पछाडि पाँच बिघा जमीन महिला पोलिटेक्निकका लागि उपलब्ध गराएको छ ।

महानगर प्रमुख रेनु दाहालले आउँदो शैक्षिक सत्रबाटै कार्यक्रम सञ्चालन गर्न सक्ने गरी समन्वयको काम महानगरले गरिरहेको बताइन् । प्रमुख र उपप्रमुख महिला भएको महानगरपालिकाले यस कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ । सिटिइभिटीका योजना महाशाखा निर्देशक रमेश बखतीका अनुसार महानगरपालिकाले समन्वय गरिरहेकाले आउँदो शैक्षिक सत्रबाट दुई वटा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।

सो स्थानमा रहेको सरकारी विद्यालयमा नयाँ भवन बन्दै गरेको छ । पहिलो वर्षका लागि सोही विद्यालयको भवन प्रयोग गर्न सकिने महानगरले जनाएकाले त्यही ठाउँमा कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको उनले बताए । पहिलो वर्ष होटल व्यवस्थापन र फार्मेसी विषयको पढाइ शुरु गर्ने योजना बनाइएको छ ।

कार्यक्रम सञ्चालनका लागि सरकारको बजेट वक्तव्यको पर्खाइमा रहेको बखतीले जानकारी दिए । खाली जग्गाको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी शिक्षा मन्त्रालयमार्फत् बजेटका लागि अर्थमन्त्रालयमा पठाइने बताइएको छ । सिटिइभिटीले देशका छवटै महानगरपालिकामा महिला पोलिटेक्निक स्थापना गर्ने योजना बनाएको छ । आउँदो शैक्षिक सत्रबाट भने भरतपुर, पोखरा र विराटनगरमा मात्र कार्यक्रम शुरु गर्ने तयारी गरिएको बखतीले बताए ।

वि.सं.२०७६ जेठ ८ बुधवार १५:०० मा प्रकाशित

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

दमौली (तनहुँ) । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

लुम्बिनी (मर्चवार) । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार...

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...