back

साहित्यिक गतिविधि बढाउँदै दायित्व प्रतिष्ठान

वि.सं.२०७६ जेठ ८ बुधवार

651 

shares
GLOBAL IME AD
NTC AD

८ जेठ , काठममाडौँ । दायित्व वाङ्मय प्रतिष्ठानले साहित्यिक गतिविधिलाई बढाउँदै लगेको छ । संस्थाका आजीवन सदस्यले विभिन्न कृति प्रकाशन गर्दै आएका छन् । हालसम्म १२५ कृति प्रकाशन गरिएको संस्थाका अध्यक्ष रामप्रसाद पन्तले जानकारी दिए । प्रतिष्ठानमा ५८ आजीवन सदस्य छन । अधिकांश सदस्यले कृति प्रकाशन गरिसकेका छन । बाँकी रहेकाहरु पनि प्रकाशनको तयारीमा जुटेको पन्तले बताए । विसं २०५७ मास्थापना भएदेखि नै प्रतिष्ठानले निरन्तर साहित्यिक कार्यक्रम गर्दै आएको छ ।
विसं २०४४ देखि प्रतिष्ठानले द्वैमासिक साहित्यिक पत्रिका ‘दायित्व’ प्रकाशन गर्दै आएको छ । “पत्रिकाले साहित्यिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ”, उहाँले भन्नुभयो, “उत्कृष्ट साहित्यिक रचनाहरुलाई पत्रिकामा ठाउँ दिने गरेका छौँ ।” पन्तले स्थापनाकालदेखि हालसम्म प्रतिष्ठानको नेतृत्व गर्दै आएका छन् । प्रतिष्ठानले प्रदेश नंं ३ सरकारको सहयोगमा आफ्नै भवन निर्माण गर्न लागेको छ । प्रतिष्ठानका पूर्वमहासचिव यादव भट्टराईले भवन निर्माण भएपछि साहित्यिक गतिविधि झनै बढ्दै जाने बताए ।
“भवन नहुँदा संस्थाका कामहरु प्रभावित हुन पुगेका छन”, उनले भने , ”कार्यक्रम गर्नलाई हल र पर्याप्त कोठाहरु भएपछि गतिविधिहरु बढ्नेछन् ।” प्रतिष्ठानले २० औँ वार्षिकोत्सवका अवसरमा विभिन्न गतिविधि सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा साहित्यमा योगदान दिने व्यक्तिलाई सम्मान गरिनाका साथै विभिन्न कृति लोकार्पण गरिएको छ । दायित्व वाङ्मय विशिष्ट सम्मानबाट वरिष्ठ कवि वैरागी काइँला र प्रा डा वासुदेव त्रिपाठीलाई सम्मान गरिएको छ ।
दायित्व वाङ्मय सम्मानबाट प्रा डा भगवान ढकाल र कवि कृष्णप्रसाद बस्याललाई सम्मान गरिएको छ । यस्तै हरिकला गुणाकर दायित्व रचना पुरस्कारबाट रु एघार हजारसहित साहित्यकार तेजप्रकाश श्रेष्ठ तथा दायित्व मुरलीदेवी गुरुदत्त स्मृति पुरस्कारबाट रु एघार हजारसहित जीवनचन्द्र कोइराला पुरस्कृत हुनुभएको छ । दायित्व यशोदा पन्त प्रतिभा पुरस्कारबाट रु नौ हजारसहित अनिता आचार्य पुरस्कृत हुनुभएको छ ।

सोही कार्यक्रममा पन्तद्वारा लिखित नियात्रासङ्ग्रह ‘गन्तव्य मन्तव्य’, ठाकुर शर्मा भण्डारीले लेख्नुभएको भूमिकासङ्ग्रह ‘शब्दार्चन’ र मुकुन्द न्यौपानेद्वारा लिखित ‘यो कस्तो प्रेम’ लघुकथासङ्ग्रह लोकार्पण गरियो ।

वि.सं.२०७६ जेठ ८ बुधवार १६:०० मा प्रकाशित

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...

सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष प्रचण्डको उद्घोष

सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष प्रचण्डको उद्घोष

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री...

वरिष्ठ पत्रकार बस्नेतको हृदयघातका कारण निधन

वरिष्ठ पत्रकार बस्नेतको हृदयघातका कारण निधन

काठमाडौं । भक्तपुर एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको...

भारतीयको रोजाइमा नेपाली गुन्द्रुक र हस्तकला

भारतीयको रोजाइमा नेपाली गुन्द्रुक र हस्तकला

कमलकुमार बस्नेत र राजेन्द्र विष्ट,देहरादुन (भारत) । “आउनुहोस्, भाँडा र...

गाउँपालिका अध्यक्ष र जनमत पार्टीका नेता प्रहरी नियन्त्रणमा

गाउँपालिका अध्यक्ष र जनमत पार्टीका नेता प्रहरी नियन्त्रणमा

सिरहा । यहाँको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय...

विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड दाहाल

विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड दाहाल

वीरगञ्ज (पर्सा) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...