
अमेरिकी राजदुत रेण्डी बेरीले सामाजिक सञ्जालमार्फत सुरु गर्न लागेका राजदूतसँग गफगाफ कार्यक्रम कुटनीतिक मर्यादा विपरित भएको टिप्पणी गरिएका छन् । अब हरेक हप्ता फेसबुक, टुइटर लगायत सामाजिक सन्जालमा नेपाली जनतासँग प्रत्यक्ष छलफल गर्ने जानकारी गराउँदै दूतावासले सामाजिक सञ्जालमा नेपाली जनतालाई अमेरिकी राजदूतसँग प्रत्यक्ष जोडिएर कुराकानी गर्न आह्वान गरेको छ । सञ्जालमा भनिएको छ ‘तपाईंले राजदूत बेरीलाई एउटा प्रश्न सोध्ने अवसर पाउनुभयो भने त्यो प्रश्न के हुन्थ्यो ? हामीले भेटेका केही महानुभावहरूलाई प्रश्न सोध्ने अवसर दिनेगरी साप्ताहिक भिडियो सिरिजको रुपमा ‘राजदूतसँग गफगाफ’ शुरु गर्न गैरहेका छौं। हरेक सोमबार नयाँ प्रश्न र नयाँ उत्तर यहाँहरूसमक्ष आउनेछ। हेर्दै गर्नुहोला।’
कुटनीतिक नियोगका व्यक्तिले यसरी सामाजिक सन्जालमा नेपाली जनतासँग गफगाफ गर्ने कुराको अनुमति लिनु पर्ने परराष्ट्रका जानकारहरु बताउँछन् । तर उनले परराष्ट मन्त्रालयवाट अनुमति त के कुरा सामान्य जानकारी समेत नगराएको बताइएको छ । सरकारले यसबारेमा केही बोल्नै पर्ने टिप्पणी आमजनताको तर्फबाट बढ्दै गएको छ ।
यसै सन्दर्भमा राजनीतिक विश्लेषक भरत दाहालले पनि सामाजिक सञ्जालमा अमेरिकी दूतावासले सुरु गर्न लागेको उक्त कार्यक्रमको कडा शब्दमा टिप्पणी गरेका छन् ।
राजनीतिक विश्लेषक भरत दाहालले भनेका छन् :
पुष्पकमल दाहाललाई भेनेजुयला वक्तव्य दिन लगाएपछि अमेरीकि राजदूत मर्यादाहिन किसिमले छाडा हुँदै गएका छन्। त्यसपछि ओली सरकारले अमेरीकि र ब्रिटीश राजदूतलाई तिब्बति शरणार्थिहरुको कार्यक्रममा जान दिएर चीन विरुद्ध भाषण गर्न लगाएको मात्र छैन कि पटक पटक अमेरीकाको ‘ईण्डो-प्यासिफिक- सैन्य टुकडिसंग संयुक्त सैन्य अभ्यास गराएर नेपालको ‘एक चीन’ को नीतिलाई गिज्याउँदै आएको छ। अमेरीकि राजदूतले सामाजिक सञ्जाल मार्फत सार्वजनिक अन्तर्क्रिया गर्ने भनि उठाएको छाडा विचार यसैको परिणाम हो। केपी सरकार यस्ता कृयाकलापहरू मार्फत सि जिङपीङको भ्रमण हुन नदिन उद्दत छ।
चीनका विरुद्धमा अमेरीकि राजदूतलाई छाडा बनाउन भूमिका खेल्ने ‘रअ’ र ‘सिआईए’का केही पेशेवर जासुसहरु ओलीको कोर टीम र कर्मचारीतन्त्रमा रहेका छन्। यीनीहरुले नै अमेरीकि राजदूतलाई गतिविधि गर्न सल्लाह दिंदै आएका छन्। बिआरआईमा जोडिएर चीनसंग सम्बन्ध बढाएमा र चीनसंग ऋण लिएमा नेपाल ऋणको पासोमा फस्ने भाषण गराउन वातावरण मिलाउने कुतत्वहरु पनि यीनै हुन्। ओलीलाई चलाउने मूख्य पात्रहरु बिष्णु रीमाल, राजन भट्टराई र सुवास नेवाङ हुन्। यी कुतत्वहरुले होली वाईन सम्मेलनको आयोजनादेखि प्रचारसम्म सरकार र संसदको प्रभाव एवं लोगो दूरुपयोग गरेर सिआईएका लागि निर्लज्ज रुपमा काम गरेका थिए।
ब्यापारीक प्रतिस्पर्धामा टिक्न नसक्ने भएपछि अमेरीका अब चीनका विरुद्धमा जसरी हुन्छ भड्काउको कृयाकलापमा संलग्न छ। त्यसको चीन विरोधि कुण्ठा ओकल्ने विश्वको प्रमूख थलोमा नेपाल पर्दछ। किनभने नेपालमा वितण्डा मचाएर तिब्बतमा हात हाल्नु बाहेक अर्को उपायबाट चीनलाई पछाडि धकेल्न सकिंदैन भन्ने सिआईए र रअ को धेरै पहिलेको निष्कर्ष हो। यसै निष्कर्ष अनुरुपको वातावरण बनाउन, दासढुंगा, माओवादी युद्ध र दरबार हत्याकाण्डहरुको डिजाईन गरिएको थियो। ओली- दाहालको गिरोहलाई आम नेपालीहरुले चेतावनी दिनु पर्ने अवस्था आईसकेको छ। नत्र सिआइए र ‘रअ’ ले नेपाललाई ईण्डो-प्यासिफिक रणनीतिमा नचाउने छन्।
वि.सं.२०७६ जेठ ८ बुधवार २१:३१ मा प्रकाशित