back

परराष्ट्रद्धारा अमेरिकी राजदूतबेरीसँग स्पष्टीकरण

वि.सं.२०७६ जेठ ९ बिहीवार

450 

shares

९ जेठ, काठमाण्डौं । नेपाली जनतासँग सामाजिक सन्जालमा प्रत्यक्ष अन्तरसंवाद गर्ने उद्घोषपछि विवादमा आएका अमेरिकन राजदूत रयाण्डी बेरीलाई परराष्ट्र मन्त्रालयले बोलाएर जानकारी लिएको छ ।

परराष्ट्र सचिव शंकरदास बैरागीले बुधबार दिउँसो मन्त्रालयमा बोलाइएका राजदूतसँग ‘गफगाफ’ कार्यक्रम लगायत विषमा जिज्ञासा राखेका थिए ।

सचिव वैरागीले राजदूत बेरीसँग मन्त्रालयमा भेट भएको पृष्टि गरे पनि कुराकानी बारे बताउन मानेनन् । कुराकानीमा नेपाल–अमेरिका द्धिदेशीय हितबारे केन्द्रित रहेको प्रतिक्रिया मात्र दिए । राजदूत बेरीको फेसबुक भिडियो सन्देश सार्वजनिक भए लगत्तै सचिव वैरागीले मंगलबार ‘यसरी स्वेच्छाले एउटा कूटनीतिक अधिकारीले संवाद गर्न नमिल्ने प्रतिक्रिया दिएका थिए ।

स्रोतका अनुसार बेरीले नेपाल र नेपाली जनतासँग अमेरिकी सरकार जोडिएको ७२ वर्ष भइसक्यो भन्दै कूटनीतिज्ञको एउटा अंगका रुपमा आपसी संवाद परामर्श जारी रहेको सचिव शंकर वैरागीलाई स्पष्ट पारेका थिए । विहिबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ जेठ ९ बिहीवार ०७:२८ मा प्रकाशित

Himalayan Life AD
यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

काठमाडौँ । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको...

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४...

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न...

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै...