
९ जेठ, इटहरी । इटहरी उपमहानगरका मेयर द्धारिकालाल चौधरीले वडा सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन् ।
सीएफएल बल्ब खरिदमा भ्रष्टाचार गरेको भन्दै मेयर चौधरीले वडा नं १९ का सचिव मनोज दाहाललाई कुटपिट गरेका ुहन् ।
वडा सचिव दाहालका अनुसार उनी कार्यकक्षमा पुग्नासाथ मेयर चौधरीले कर्मचारीलाई सीसी क्यामरा बन्द गर्न लगाएका थिए । ‘त्यसपछि मलाई कुटपिट गर्नुभयो,’ वडा सचिव दाहालले भने, ‘मेरो मोबाइल समेत खोसिदिनु भयो । भागेर ज्यान जोगाए ।’ मेयरको कुटपिटबाट दाहालको आँखामा चोट लागेको छ ।
उपमहानगरले डेढ वर्षअघि खरिद गरेको सीएफएल बल्बमा २० लाख रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको प्रमाणित भएको थियो ।
सीएफएल खरिदका बेला जिन्सी शाखामा दाहाल प्रमुख थिए । कार्यकक्षमा वडा सचिवलाई दुव्र्यवहार गरेको भन्दै महानगरका कर्मचारहिरुले कार्यालय परिसरमा नारबाजी गरेका थिए । विहिबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ जेठ ९ बिहीवार ०७:३९ मा प्रकाशित




























