back

हजुरबुवा पर्नेले नै यसरी उडाइदिए चेलीको प्राण पखेरु

वि.सं.२०७६ जेठ ९ बिहीवार

705 

shares

९ जेठ, काठमाण्डौं । घरमा आएका पाहुनालाई आफ्नै आफन्त त हुन नि भन्ने सोचेर छोराछोरीसँग एक्लै छोडेर कतै जान पनि शसंकित हुनुपर्ने अवस्था पछिल्लो पटक समाजमा झन बढ्दै गएको छ ।

थाहा नै हुँदैन्, घरमा आएको आफन्तको मन कुन उद्धेश्यले कतिखेर परिवर्तन हुन्छ अनि आफ्नै सन्तानको इज्जत लुटिने मात्र नभएर अपराधिहरु प्राण पखेरु नै उडाउन अघि सर्छन् । अनि जिन्दगीभरका लागि आँसुमा डुबाइदिन्छन् त्यो घरपरिवारलाई ।

त्यस्तै घटना भएको बैशाखको पहिलो साता दोर्दी गाउँपालिका लम्जुङका दीपक परियारको परिवारमा पनि । २०७५ चैतको कक्षा ७ को अन्तिम परिक्षा दिएकी १३ वर्षीया छोरी अनिषालाई केहीदिन भोटेओडारस्थित फुपु मीरा परियारको घरमा बस्न पठाएका थिए, दीपकले ।
बैशाख ७ गते आफन्तको बिहेमा शरिक पनि भएकी थिइन् अनिषा । अनिषालाई घर फर्कनु पर्ने भएकोले फूपु मीराले सोहि गाउँपालिका ३ श्रीभन्याङ, दासडाँडाका नाताले हजुबुबवा पर्ने ४३ वर्षीय राजकुमार परियार र उनकी श्रीमती जालुको साथ लगाएर बैशाख ९ गते घर पुर्याइदिन भनेकी थिइन् फुपु मीराले ।

उनीहरु अनिषाको घर पुग्नै लागेका थिए । बेलघारी बजारको एक पसलबाट राजकुमारले १ केजी कुखुराको मासु र एक बोतल रक्सी किने । अनिषाको घरपुग्दा बिहानको खाना खाने समय भएको थियो । खाना खाएपछि उनीहरु फर्किए । अनिषाकी आमा कापी कलम किन्न भन्दै भोटेओडारतिर लागिन् । बाबु गिट्टी बोक्न हिँडे । अनिषा घरमै बसिन् ।

घरबाट हिँडिसकेका मोबाइलको चार्ज छोडिएको भन्दै श्रीमतीलाई बाटोमै कुर्न लगाएर राजकुमार अनिषाको घरमा पुन : फर्किए । घरमा अनिषा मात्रै थिइन् । घरमा पुगेका उनले अनिषामाथि हातपात गरे । अनिषाले बा–आमालाई भनिदिन्छु, के गरेको यस्तो भनेर कराइन् । मन थाम्न नसकेका राजकुमारले अनिषालाई भुँइमा लडाएर करणी गरे ।

आफूलाई बाटोमै कुराएर गएको लोग्ने लामो समयसम्म नफर्केपछि जालु पनि अनिषाको घरमा पुगिन् । जालुले यस्तो देखेर श्रीमानलाई गाली पनि गरिन् । तर, ‘कुरा बाहिर आए बेइज्जत हुन्छ बरु मारिदिउँ’ भनेर राज कुमारले प्रस्ताव गरेपछि उनीहरु दुवैजना मिलेर अनिषाको हत्या गरेर नजिकै खाटमा रहेको उनको सलले घरको दलिनमा झुण्ड्याइ दिएर घर फर्किए ।

तीनबजेतिर घरफर्केका दीपकले छोरीको यस्तो हालत देखेपछि मुर्छित बनेका उनले गाउँलेलाई खबर गरे । दलिनमा झुण्डिएको अनिषाको शव पोष्टमार्टमका लागि बेशीसहरस्थित अस्पतालमा लगियो । पोस्टमार्टम रिर्पोटमा बलात्कार पछि घाँटी थिचेर हत्या गरिएको रिर्पोट आयो । बुधबारको जनआस्था साप्ताहिकमा समाचार छ ।

१२ गते घ्यु चामल लिएर तिनै राजकुमार र जालु अनिषाको घरमा आए । दीपकलाई पहिले शंका थियो यो काम उनीहरुको नै हो भनेर । छिमेकी इश्वरीप्रसाद लामिछाने, सत्यदेवी ढकाल, विष्णुहरि पौडेललगायतको टिमले घरमाथिको चौतारोमा उनीहरु दुवैजनालाई लगेर गाउँको घटना गाउँमै मिलाउनुपर्छ प्रहरीलाई खबर गर्नुहुन्न भन्दै चलाखीपूर्ण तरिकाले सोधपुछ गरे । उनीहरुको अनुहारमा अपराधको शंकेत देखापरिसकेको थियो । हत्या गरेको स्वीकार्न उनीहरु मानिरहेका थिएनन् । छिमेकीहरुले तिमीहरुलाई केही हुँदैन भनेपछि उनीहरुले घटनाको वृत्तान्त बताएका थिए ।

उनीहरुले आफ्नो अपराध सरकारी वकिलको कार्यालयमा पनि सकारेपछि जिल्ला न्यायाधिवक्ता नारायण लम्सालले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८, करणी सम्बन्धी कसुरको दफा २१९ को ज्यान सम्बन्धी कसुरको उपदफा २ बाट परिभाषित जर्बजस्ती करणीको कसुर अपराध र सोहि संहिताको परिच्छेद १२ को उपदफा २ बाट परिभाषित जर्बजस्ती करणीको कसुर अपराध र सोहि संहिताको परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको दफा १७७ को उपदफा १ बमोजिम दुवैलाई जीवित रहँदासम्म कैद र मुलुकी अपराध संहिता २०७४ को दफा २२८ तथा दफा १८६ बमोजिम पीडितको हकवालालाई मनासिब क्षतिपूर्तिको मागदाबी गरेका छन् भने जिल्ला अदालत लम्जुङले पुर्पक्षका लागि शुक्रबार जिल्ला कारागार चलान गरेको छ ।

वि.सं.२०७६ जेठ ९ बिहीवार १०:०८ मा प्रकाशित

Himalayan Life AD
विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...