back

एनआरएनए युगाण्डाको बैठक सम्पन्न यस्ता छन् निर्णय

वि.सं.२०७६ जेठ ९ बिहीवार

477 

shares

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएनए) युगाण्डाको बैठक सम्पन्न भएको छ ।

समितिका अध्यक्ष राजमणि भण्डारीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा समितिका पूर्वअध्यक्षद्धय जीवनाथ पंगेनी, रमेश कंडेल, महासचिव रमेश शर्मा, कोषाध्यक्ष मन्जुल पाठक, प्रवक्ता कमल भट्ट, सदस्य गणेश कार्की, युवासंयोजक तेजेन्द्र विवश, सदस्य शान्ता त्रिपाठी र पंजिकृत सदस्य धनराज गिरी लगायतको उपस्थिति रहेका थियो ।

उक्त बैठकले बारा र पर्सामा आएको हावाहुरी पीडितका लागि राहत पठाउने सम्बन्धमा, समितिको साधारणसभाको मिति तय लगायतका विषयमा छलफल तथा निर्णयहरु गरेको छ ।
त्यस्तै राहतका लागि उठेको रकम अनुमानित २ लाख ९० हजार रुपैयाँ संस्थाका उपाध्यक्ष विनोद थापा ( जो हाल नेपालमा छन्) उनीमार्फत् पीडितको समक्ष पुर्याइने । साथै उक्त रकम पीडित समक्ष के कसरी परिचालन गर्ने भन्नेमा केहिदिनमा निर्णय गरिने बताइएको छ । त्यस्तै, उक्त रकम बारे अफ्रिका संयोजक र आइसीसी कोषाध्यक्षलाई तत्कालै जानकारी गराइनेछ ।

त्यस्तै नयाँ सदस्यता वितरण सम्बन्धी भएको छलफलमा युगाण्डामा रहेका सबै नेपालीलाई एनआरएनएमा समेट्ने र सदस्यता शुल्क १५ सय रुपैयाँ राख्ने निर्णय गरिएको पनि अध्यक्ष भण्डारीले संसारन्युजलाई बताएका छन् ।

त्यस्तै संस्थाको साधारणसभा जुन २९तारिख  युगाण्डाको राजधानी कम्पालामा सम्पन्न गरिने छ ।

वि.सं.२०७६ जेठ ९ बिहीवार ११:५४ मा प्रकाशित

Himalayan Life AD
न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८...

न्यूर्योकका नेपाली समाजसेवीको पहलमा निःशुल्क भोजन वितरण

न्यूर्योकका नेपाली समाजसेवीको पहलमा निःशुल्क भोजन वितरण

  न्यूयोर्क – समाजसेवा र मानवीय सहयोगको सुन्दर उदाहरण प्रस्तुत...