
९ जेठ, काठमाण्डौं । बुटवलको कालिका नगरमा केन्द्रीय कार्यालय रहेको कम्यूनिटी डेभलपमेन्ट बैंकको सेयर कारोबार बुधबार देखि रोकिएको छ ।
नेपाल स्टक एक्सेन्ज (नेप्से) ले बुधबार देखि बैंकको सेयर कारोबार रोक्का गरेको हो ।
कम्यूनिटी डेभलपमेन्ट बैंक र मिसन डेभलपमेन्ट एकापसमा गाभिने भएपछि बैंकको कारोबार रोकिएको हो । साथै बैंकसँग तिनाहु विकास बैंक पनि गाभिने बताइएको छ । तीनै संस्थाको मर्जरपछि तिनाहु मिसन डेभलपमेन्ट बैंक बन्ने पनि बताइएको छ ।
बैंक तथा वित्तिय संस्था एकापसमा गाभिने वा प्राप्ति गर्ने बिनियमावली २०७३ को विनियम ६ (१) बमोजिम बैंकको सेयर कारोबार रोकिएको बताइएको छ ।
वि.सं.२०७६ जेठ ९ बिहीवार १२:२९ मा प्रकाशित




























